सुनको मूल्य बढ्यो, चाँदीको घट्यो
काठमाडौं । स्थानीय बजारमा सोमबार सुनको मूल्य बढेर कारोबार भएको छ ।
यस दिन सुन प्रतितोला ७०० रुपैयाँले बढेर २ लाख ५२ हजार ९०० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आइतबार सुन प्रतितोला २ लाख ५२ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।
चाँदीको मूल्य भने तोलामा २० रुपैयाँ घटेको छ । आज चाँदी प्रतितोला ३ हजार ५८५ रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार चाँदी ३ हजार ६०५ रुपैयाँमा खरिद बिक्री भएको थियो ।



