१२ औं जनगणना : ०७८ को जेठ देखि असार सम्म गरिने
काठमाडौं, ६ कात्तिक । प्रत्येक १० वर्षमा नेपालको जनगणना गर्ने गरिन्छ । अवको २ वर्षपछि १२ औं जनगणना हुँदैछ । यो पटकको जनगणनको नारा ‘मेरो गणना मेरो सहभागिता’ तय गरेको छ।
केन्द्रिय तथ्यांक विभागले गणना को समय तालिका र लोगो पनि सार्वजनिक गरिसकेको छ ।
वि.सं २०७८ को जेठ देखि असार अन्तिम साता सम्म जनगणना गरिने छ । त्यसका लागि कुल ५४ हजार ४ सय १३ कर्मचारी परिचालन गरिने छ भने ३६ करोड २७ लाख रुपैयाँ बजेट बिनियोजन गरिएको विभागका निर्देशक ढुण्डीराज लामिछानेले जानकारी दिए । तर अध्ययन वा रोजगारीका लागि विदेशमा रहेका नेपालीहरुको भने परराष्ट्र मन्त्रालयमार्फत कुटनीतिक नियोग र कन्सुलरसँग समन्वय गरेर गणना गर्नेतिर विभागको योजना छ ।
नेपालमा पहिलो पटक १९६८ मा जनगणना भएको थियो। वि.सं २०६८ को जनगणनामा नेपालको जनसंख्या २ करोड ६६ लाख २० हजार ८ सय ९ रहेको छ । अहिले यो संख्या चार गुणाले बढेको अनुमान गरिएको छ ।