Date

बुध, मंसिर १२, २०८१
Wed, November 27, 2024

हकप्रद पछि कतिमा भयो प्रभु र लुम्बिनी विकासको शेयर मुल्य?

हकप्रद पछि कतिमा भयो प्रभु र लुम्बिनी विकासको शेयर मुल्य?

काठमाडौं, २३ पौष । प्रभु बैंक र लुम्बिनी विकास बैंकको शेयर मुल्य समायोजन गरिएको छ । यी दुवै बैंकले हकप्रद शेयर जारी गर्ने भएको कारण मुल्य समायोजन गरिएको हो ।

प्रभु बैंकः नेपाल स्टक एक्सचेन्जले प्रभु बैंकको शेयर मुल्य समायोजन गरेको छ । बैंकले १० बराबर ४ अर्थात ४० प्रतिशत हकप्रद शेयर जारी गर्ने भएको कारण मुल्य समायोजन भएको छ । बैंकको अब प्रति शेयर मुल्य २५५ रुपैयाँमा भएको छ भने शेयर आधार मुल्य ३३५ रुपैयाँ रहेको छ । बैंकले २ करोड ३५ दाख २५ हजार ६०८ कित्ता हकप्रद शेयर निष्कासन गर्ने भएको छ । बैंकले हकप्रद शेयर निष्कासनको लागि बिक्री प्रबन्धकमा सनराइज क्यापिटललाई नियुक्त गरेको छ ।

लुम्बिनी विकास बैंकः नेपाल स्टक एक्सचेन्जले लुम्बिनी विकास बैंकको शेयर १६७ रुपैयाँ मुल्य समायोजन गरेको छ । बैंकले १० बराबर १ अर्थात १० प्रतिशत हकप्रद शेयर जारी गर्ने भएको कारण मुल्य समायोजन भएको हो । नेप्सेका अनुसार बैंकको शेयर आधार मुल्य २३० रुपैयाँ रहेको छ । बैंकले पुँजी वृद्धिका लागि २० लाख ८ हजार ८७८.२७ कित्ता हकप्रद शेयर निष्कासन गर्ने भएको छ । बैंकले हकप्रद शेयर निष्कासनको लागि प्रभु क्यापिटललाई बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x