Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

सिटिजन म्युचियल फण्ड १ माघ २ बाट

सिटिजन म्युचियल फण्ड १ माघ २ बाट

काठमाडौं, २३ पौष । सिबिआईएल क्यापिटलले सिटिजन म्युचियल फण्ड १ नामक म्युचियल फण्ड बिक्री गर्ने भएको छ । क्यापिटलले माघ २ गतेबाट सो म्युचियल फण्डको बिक्री खुल्ला गर्ने जनाएको छ । यस म्युचियल फण्डको बिक्री बन्द माघ ७ गते हुने भएको । क्यापिटललाई सो म्युचियल फण्ड निष्कासनको लागि नेपाल धितोपत्र बोर्डले पौष १७ गते अनुमति दिएको हो ।

क्यापिटलले १० रुपैयाँ अंकित मुल्य भएको १ अर्ब रुपैयाँ बराबरको १० करोड इकाई म्युचियल फण्ड निष्कासन गर्नै भएको छ । जसमध्ये १ करोड ५० लाख इकाई सिटिजन्स बैंक इन्टरनेश्नल र सिविआईएल क्यापिटललाई छुट्टाइएको छ । यस सिविआईएल क्यापिटल सिटिजन्स बैंक इन्टरनेशलनको सहायक कम्पनीे हो । बाँकी रहेको ८ करोड ५० लाख इकाई मात्र सर्वसाधारणहरुका लागि छ्ट्टाइएको छ ।

यस म्युचियल फण्डका लागि न्युनतम एक सय इकाई र अधिकतम २० लाख इकाईसम्म आवेदन दिन पाउने जनाइएको छ । यो म्युचियल फण्ड ७ वर्षे बन्द मुखी योजना हो ।

क्जबच

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x