Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सको बुक क्लोज

श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सको बुक क्लोज

काठमाडौं, २३ पौष । श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सले हकप्रद शेयर निष्कासनको लागि शेयर दर्ता पुस्तिका बन्द गर्ने भएको छ । कम्पनीले सुचना जारी गरि पौष ३० गते शेयर दर्ता पुस्तिका बन्द गर्ने जनाएको छ ।

कम्पनीले १० बराबर ८.३ अर्थात ८३ प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने भएको छ । कम्पनीले एक सय रुपैयाँ अंकित मुल्य भएको २८ करोड ६७ लाख २२ हजार ५६२ रुपैयाँ बराबरको २८ लाख ६७ हजार २२५.६२ कित्ता हकप्रद शेयर निष्कासन गर्ने जनाएको छ । कम्पनीले जारी गर्ने हकप्रद शेयर सुरक्षित गर्न पौष २९ गतेसम्ममा शेयर खरिद गर्ने पर्दछ ।

हकप्रद शेयर पश्चात कम्पनीको चुक्ता पुँजी ६३ करोड २० लाख रुपैयाँ पुग्ने छ । कम्पनीको हाल चुत्तःा पुँजी ३४ करोड ५४ लाख रुपैयाँ रहेको छ । कम्पनीलाई ८० करोड रुपैयाँको चुक्ता पुँजी पुर्याउनका लागि १६ करोड ८० लाख रुपैयाँ आवश्यक देखिन्छ । कम्पनीले हकप्रद शेयर निष्कासनको लागि बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटललाई नियुक्त गरेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x