Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

सेन्ट्रल फाइनान्सको हकप्रद आजबाट विक्री खुल्ला

सेन्ट्रल फाइनान्सको हकप्रद आजबाट विक्री खुल्ला

काठमाडौं, २३ पौष । सेन्ट्रल फाइनान्सको हकप्रद शेयर आज पौष २३ गतेबाट बिक्री खुल्ला गरिएको छ । फाइनान्सले २ बराबर १ अर्थात ५० प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने भएको छ ।

फाइनान्सले एक सय रुपैयाँ अंकित मुल्य भएको २६ लाख ३ हजार ३१४.०८ कित्ता हकप्रद शेयर निष्कासन गर्ने भएको छ । हकप्रद शेयर निष्कासनको लागि फाइनान्सले एनआईबिएल क्यापिटललाई बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । यस हकप्रद शेयरको बिक्री बन्द माघ २८ गते हुने जनाइएको छ ।

हकप्रद शेयर निष्कासन पछि सेन्ट्रल फाइनान्सको चुक्ता पुँजी ५२ करोड ८६ लाख रुपैयाँबाट बढेर ७८ करोड ९ लाख रुपैयाँ पुग्ने छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x