Date

शुक्र, कार्तिक ९, २०८१
Fri, October 25, 2024

नेपाल बैंक ८३ औं वर्षमा प्रवेश, निक्षेप तथा कर्जाका नयाँ योजना सार्वजनिक

नेपाल बैंक ८३ औं वर्षमा प्रवेश, निक्षेप तथा कर्जाका नयाँ योजना सार्वजनिक

काठमाडौं, २६ कात्तिक । नेपाल बैंक लिमिटेडले स्थापनाको ८३ औं वर्ष प्रवेश गरेको अवसरमा निक्षेप तथा कर्जाका नयाँ योजनाहरु सार्वजनिक गरेको छ । बैंकले आज काठमाडौंमा पत्रकार सम्मेलन गरी ग्रिन सेभिङ्ग निक्षेप र शुलभ आवस कर्जा योजना सार्वजनिक गरेको हो ।

निक्षेप योजनाअन्तर्गत ग्राहकले निःशूल्क रुपमा एटीएम भिसा डेविट कार्ड, मोवाईल बैंकिङ्ग रजिष्ट्रेशन सुविधा, एविविएस सुविधा र निःशूल्क इन्टरनेट बैंकिङ्ग सुविधा प्राप्त गर्न सक्ने छन् । उक्त योजनामा ग्राहकले ५० हजारसम्मको औषधोउपचार सुविधा र ५० लाखसम्मको दुर्घटना बीमा सुविधा प्राप्त गर्न सक्ने बैंकले जनाएको छ । निक्षेप खातामा निक्षेपकर्ताले ६.५ प्रतिशतको व्याज प्राप्त गर्नेछन् भने एक वर्षसम्म बैंकको डेविट कार्डबाट अन्य जुनसुकै बैंकको एटीएममा निःशूल्क कारोबारसमेत गर्न सक्नेछन् ।

त्यस्तै बैंकले सञ्चालनमा ल्याएको शुलभ आवास कर्जा योजनाअन्तर्गत ग्राहकले आफ्नै जग्गामा घर निर्माण, घर खरिद र घर मर्मत तथा सम्भार गर्नको लागि शुलभ व्याजदरमा कर्जा सुविधा प्राप्तगर्न सक्नेछन् । त्यसैगरी अन्य बैंक तथा वित्तीय संस्थामा रहेको असल आवास कर्जा स्वाप समेत गर्न सक्नेछन् । उक्त कर्जाको व्याजदरको आधार दरमा १ प्रतिशत देखि २ प्रतिशतसम्म प्रिमियम थप गरी कयम गरिएको छ । कर्जा योजनाअन्तर्गत ग्राहकहरुले अग्रिम भुक्तानी शूल्क तिर्नु नपर्ने जनाइएको छ ।

हाल बैंकले एक सय ६७ शाखा कार्यालय, २३ एक्सटेन्सन काउण्टर र एक सय २ एटीएममार्फत् सेवा दिँदै आएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x