Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

बिमानस्थलको बक्यौता रकम २ अर्ब ३५ करोड, सरकारी निकायले गर्दैनन् भुक्तानी

बिमानस्थलको बक्यौता रकम २ अर्ब ३५ करोड, सरकारी निकायले गर्दैनन् भुक्तानी

काठमाडौं, २६ कात्तिक । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सेवा सुविधा प्रयोग गरेबापत नेपाल नागरिक उड्डयन प्राधिकरणले वायुसेवा कम्पनीसहित विभिन्न संस्थको असुल गर्नुपर्ने रकम २ अर्ब ३५ करोड रुपैयाँ पुगेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण विमानस्थल सेवाशुल्क नियमावली २०६७ अनुसार बिमानस्थलले वायुसेवा कम्पनी तथा विमानस्थल परिसरभित्र रहेका संस्थाहरूबाट शुल्क लिदै आएको छ । तर, सरकारी निकाय लगातका नीजि कम्पनीहरुले बिमानस्थल प्रयोग गरे बापतको शुल्क समयमा नै भुक्तानी गर्दैनन् ।

प्राधिकरणका अनुसार नेपाल एयरलाइन्सको बक्यौता मात्रै ३० करोड ७३ लाख रुपैयाँ छ । त्यस्तै एयर एसियाको १८ करोड ९४ लाख, हिमालयन एयरलाइन्सको १५ करोड ५ लाख, हङकङ ड्रागन एयरलाइन्सको १ करोड ४८ लाख, इत्तेहादको १ करोड १३ लाख, एयर इन्डियाको ४ करोड ८० लाख, जेट एयरवेजको २ करोड २ लाख, किंगफिसरको १ करोड १५ लाख, मालिन्दो एयरको २ करोड १२ लाख, ओमन एयरको १ करोड २३ लाख, कतार एयरवेजको ३ करोड, थाई लाएन एयरको १ करोड ९ लाख, थाई एयरवेजको १ करोड २१ लाख बक्यौता छ ।

स्वदेशी निजी वायुसेवा कम्पनीबाट असुल गर्नुपर्ने रकम बक्यौता रकम ४० करोड पुगेको छ । जसमध्ये यति एयरलाइन्सको ६५ लाख ६५ हजार रुपैयाँ बक्यौता छ । ताराको ७ लाख १ हजार, सीता एयरको ४४ लाख ४६ हजार, सिम्रिकले १ करोड ४ लाख, अल्टिच्युडले ७८ हजार ४ सय ९१ रुपैयाँ, अल्पाइन एयर ७२ हजार ७२८, गोर्खा एयरलाइन्सको ६ लाख ५७ हजारलगायत अन्य कम्पनीको बक्यौता रहेको प्राधिकरणको तथ्यांक छ ।

त्यस्तै, बिमा संस्थानको बक्यौता रकम ७५ हजार छ । नेसनल ट्रेडिङको ३ लाख ७० हजार, आयल निगमको ६१ लाख १८ हजार, टेलिकमको २२ लाख ४९ हजार, पर्यटन बोर्डको ५ लाख ३५ हजार बक्यौता रहेको छ ।

नियमावली अनुसार बक्यौता रकम असुल गर्ने जिम्मा बिमानस्थल प्रमुखको हो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x