ग्लोबल आईएमई क्यापिटलद्वारा रिलाबल एक्वाएयर
काठमाडौं, २५ पौष । माउ कम्पनीहरु मर्जर भएपछि त्यसका सहायक कम्पनीहरु पनि मर्ज हुन क्रम बढेको छ । नेपाल इन्भेष्टमेन्ट बैंकले एस डेभलपमेन्ट बैंकलाई एक्वाएर गरेपछि एनआईबीएल क्यापिटलले एस क्यापिटललाई आफूमा गाभेको केही समय नबित्दै फेरि ग्लोबल आईएमई क्यापिटलले रिलायबल क्यापिटललाई एक्वाएयर गरेको छ । नेपाल धितोपत्र बोर्डको पछिल्लो निर्देंशनको पालना गरेर निवेदन दिए पश्चात बोर्डले अन्तिम स्वीकृति दिएकाले माघ १ गतेदेखि एकिकृत कारोबार गर्न लागेको ग्लोबल आईएमई क्यापिटलले जनाएको छ । ग्लोबल आइएमई क्यापिटलको माउ कम्पनी ग्लोबल आइएमई बैंकले रिलायबल क्यापिटलको माउ कम्पनी रिलायबल डेभलपमेन्ट बैंकलाई एक्वायर गरेर ग्लोबल आइएमईको नामबाट एकीकृत कारोबार सुरु गरिसकेकाले तिनका सहायक कम्पनी पनि एक हुन लागेका हुन् ।