युवा रोजगारी र विद्यालय क्षेत्र विकासका लागि विश्व बैंकले १६ अर्ब ३७ करोड सहयोग गर्ने

काठमाडौं, ११ मंसिर । विश्व बैंकले युवा रोजगारी र विद्यालय क्षेत्र विकासका लागि १६ अर्ब ३७ करोड १३ लाख रुपैयाँ सहयोग गर्ने भएको छ । विश्व बैंकले युवा रोजगारीका लागि रूपान्तरण परियोजना कार्यान्वयन गर्न १३ अर्ब ६३ करोड तथा विद्यालय क्षेत्र विकास कार्यक्रम सञ्चालनका लागि २ अर्ब ७४ करोड १३ लाख उपलब्ध गराउन लागेको हो ।
आज तीन बजेपछि अर्थमन्त्रालयमा एक कार्यक्रमकाबीच उक्त सहयोग सम्बन्धि सम्झौता पत्रमा विश्व बैंकका नेपाल प्रमुख र अर्थ सचिवबीच हस्ताक्षर हुने जानकारी प्राप्त भएको छ ।