Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

नेपाल–कोरिया व्यापार अभिबृद्धिमा जोड

नेपाल–कोरिया व्यापार अभिबृद्धिमा जोड

काठमाडौं, १० मंसिर । अर्थमन्त्री डा. युवराज खतिवडाले नेपालको आर्थिक विकासमा कोरियाली व्यवसायीहरूको महत्त्वपूर्ण भूमिका रहने बताएका छन् । नेपाल–कोरिया चेम्बर अफ कमर्स एन्ड इन्डष्ट्रिजका अध्यक्ष द्वारा मंगलबार काठमाडौंमा आयोजित नेपाल–कोरिया विजनेश नाईट २०१९ मा मन्त्री खतिवडाले कोरिया नेपालको ठूलो व्यापार साझेदार भएको बताए ।

व्यापारिक क्षेत्रमा कोरियाको सहयोग बढ्दै गएको र नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउँन पनि कोरियाको सहयोग रहने विश्वास मन्त्री खतिवडाको छ।

त्यस्तै नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क योङसिकले नेपालमा कोरियाली लगानी भित्र्याउन र व्यापार बढाउन जोड दिने बताए । नेपालको समृद्धिका लागि सहयोग कोरिया तयार रहेको पनि उनले बताए ।

कार्यक्रममा सहभागि उद्योगी, व्यवसायीहरुले पनि नेपाल–कोरियाबीचको व्यापार अभिबृद्धिमा जोड दिनुका साथै नेपालमा लगानी बढाउन कोरियाली लगानीकर्ताहरुलाई आग्रह गरेका थिए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x