Date

शुक्र, बैशाख १४, २०८१
Fri, April 26, 2024

निर्जीवन बीमा कम्पनीले गरे असोज महिनामा साढे दुई अर्बको व्यवसाय

निर्जीवन बीमा कम्पनीले गरे असोज महिनामा साढे दुई अर्बको व्यवसाय

काठमाडौं, ११ मंसिर । चालु आर्थिक बर्षको असोज महिनामा निर्जीवन बीमा कम्पनीहरुले २ अर्ब ३६ करोड रुपैयाँ बराबरको बीमा शुल्क आर्जन गरेका छन् । गत भदौ महिनासम्ममा भने कम्पनीहरुले ४ अर्ब ६५ करोड रुपैयाँ बराबरको बीमाशुल्क आर्जन गरेका थिए ।

निर्जीबन बीमा कम्पनीहरुले गरेको बीमा व्यवसायमध्ये मोटर बीमाको हिस्सा अधिक छ । मोटर बीमालाई सरकारले अनिवार्य गरेपछि यस्तो बीमाको हिस्सा अधिक भएको हो । बीमा समितिको तथ्यांक अनुसार असोज महिना कम्पनीहरुले मोटर बीमा बापत १ अर्ब २२ करोड रुपैयाँ बीमा शुल्क संकलन गरेका छन् । त्यस्तै, अग्नि बीमा बापत मात्रै ४१ करोड ७४ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् । सामुन्द्रिक बीमा बापत ९ करोड ८६ लाख, हवाई बीमा बापत १ करोड ७८ लाख, इन्जिनियरिगं बीमा बापत २१ करोड ७ लाख र अन्य बीमा बापत भने कम्पनीहरुले १९ करोड ९५ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् । त्यस्तै कम्पनीहरुले कृषि तथा बाली बीमा बापत १९ करोड ५४ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेका छन् ।

त्यस्तै सो अवधिमा कम्पनीहरुमा ३८ अभिकर्ता थपिएर हालसम्म ४ हजार २० जना पुगेका छन् । कम्पनीहरुले पुनर्बीमा शुल्क बापत ८५ करोड २ लाख रुपैयाँ भुक्तानी गरेका छन् भने पुनर्बीमा बापत ३० करोड ४८ लाख रुपैयाँ कमिशन पाएका छन् । पुनर्बीमा बापत कम्पनीहरुले भने ३८ करोड २३ लाख रुपैयाँ दायित्व व्यहोरेका छन् ।

असोज महिनामा कम्पनीहरुमा ८ हजार ३ सय ४९ वटा दाबी परेको छ भने कम्पनीहरुले ६ हजार ८ सय ५० वटा दाबीको भुक्तानी गरिसकेका छन् । तर, अझै कम्पनीहरुले भुक्तानी गर्न बाँकी रहेको दाबीको संख्या भने २ हजार ४ सय ३६ रहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x