Date

शनि, कार्तिक १, २०८२
Sat, October 18, 2025

लेखापरीक्षणको गुणस्तर नियन्त्रण र आश्वस्तता अभिबृद्धिमा जोड

लेखापरीक्षणको गुणस्तर नियन्त्रण र आश्वस्तता अभिबृद्धिमा जोड

काठमाडौं, १६ मंसिर । काठमाडौंमा आज देखि एसिया महादेशका लेखापरीक्षणहरुको सम्मेलन सुरु भएको छ। एसियाली सर्वोच्च लेखापरीक्षण संस्थाहरुको संगठन (एसोसाई)को आयोजना तथा महालेखापरीक्षकको कार्यालयको संयोजनमा सुरु भएको सम्मेलनमा एसिया महादेशबाट विभिन्न २४ देशका सर्वोच्च लेखापरीक्षण संस्थाका २७ जना प्रतिनिधिहरु सहभागि छन् ।

लेखापरीक्षण कार्यमा गुणस्तर नियन्त्रण तथा आश्वस्तता अभिवृद्धि गर्ने उद्देश्यले सम्मेलन आयोजना गरिएको जनाइएको छ ।

सम्मेलनको उद्घाटन गर्दै महालेखापरीक्षक टंकमणि शर्मा, दंगालले लेखापरीक्षण कार्यमा गुणस्तरको विषयलाई उच्चतम र पहिलो प्राथमिकतामा राखि कार्यसम्पादन गर्नुपर्ने बताए । गुणस्तरीय नतिजाले सर्वोच्च लेखापरीक्षण संस्थाको विश्वसनीयता कायम गर्दै लेखापरीक्षण कार्यको प्रभावकारिता वृद्धि गर्नुपर्नेमा उनको जोड थियो ।

त्यस्तै, उपमहालेखापरीक्षक रामुप्रसाद डोटेलले लेखापरीक्षण गुणस्तर नियन्त्रण तथा आश्वस्तताको प्रवद्र्धनका निम्ति सम्मेलनबाट महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे ।
सम्मेलन २० गतेसम्म चल्ने छ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *