Date

बुध, मंसिर १२, २०८१
Wed, November 27, 2024

सेयर बजार १० अंकले बढ्दा कारोबार ५५ करोड

सेयर बजार १० अंकले बढ्दा कारोबार ५५ करोड

काठमाडौं, २५ मंसिर । सेयर बजारमा लगातार सुधारको संकेत देखिएको छ । गत हप्तादेखि नेप्से परिसूचकसँगै कारोबार रकममा पनि सुधार देखिरहेको हो । लगातार सुधारको चरणमा रहेको नेप्से परिसूचक साताको चौथो कारोबार दिन बुधबार (आज) १०.११ अंकले वृद्धि भई ११६१.४७ विन्दुमा रोकिएको छ ।

एक सय ७३ कम्पनीको २० लाख ४३ हजार ६ सय ५ कित्ता सेयर ५५ करोड १३ लाख रुपैयाँमा खरिद विक्री भएको छ । सबैभन्दा बढी सेयर कारोबार नेपाल बंगलादेश बैंक लिमिटेड प्रमोटर सेयरको भएको छ । उक्त बैंकको ६ करोड ४१ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको हो ।

त्यस्तै आज काारोबारमा आएका १२ समूहमध्ये उत्पादन तथा प्रशोधन समूहको उपसूचकमा गिरावट आएको छ भने अन्य ११ समूहको उपसूचकमा वृद्धि भएको छ । उत्पादन तथा प्रशोधन समूहको १.३५ प्रतिले उपसमूहमा गिरावट आएको हो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x