Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

निश्चित स्वार्थ बोकेका संगठनले उपभोक्ताको हित चाहदैनन् : मन्त्री भट्ट

निश्चित स्वार्थ बोकेका संगठनले उपभोक्ताको हित चाहदैनन् : मन्त्री भट्ट

काठमाडौं, २५ मंसिर । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले उपभोक्ता हितका लागि भनि खुलेका संगठनहरुको उद्देश्य साझा हुनुपर्ने बताएका छन् । मन्त्री भट्टले त्यस्ता संगठनले आफ्ना हितमा भन्दा पनि उपभोक्तामा भएका असन्तुष्टीलाई जोड दिनुपर्ने बताएका हुन् ।

बुधबार उपभोक्ता हित संरक्षण मञ्च नेपाल र वाणिज्य, आपूर्ति तथा उपभोक्त हित संरक्षण विभागद्वारा संयुक्त रुपमा काठमाडौंमा आयोजित अन्तरक्रिया कार्यक्रममा मन्त्री भट्टले आम उपभोक्ताहरुलाई व्यक्तिगत स्वार्थका लागि खुलेका संस्थाबाट सजग हुन आग्रह गरे । उनले साझा उद्देश्य भएका उपभोक्ता हितका संगठनहरु एकै ठाउँमा उभिनु पर्ने आवश्यकता रहेको पनि बताए ।

त्यस्तै उनले उपभोक्ताहरु ज्ञानको कमिका कारण ठगिने सम्भावना भएकोले व्यापारीहरुले इमान्दारीता देखाउनु पर्ने आवश्वयकता औल्याए । बजारमा भएका बेथितिहरुको विरुद्ध उपभोक्ता स्वयंम आफै सजग हनुपर्ने मन्त्री भट्टको भनाई छ ।

त्यस्तै आपूर्ति सचिव बैकुण्ठ अर्यालले चार्ड–पर्वमा मात्र सरकार बजार अनुगमनामा सक्रिय भएको भन्दै जनमानसबाट आलोचना भएको भन्दै अब सरकारले निश्चित समयावधिमा बजार अनुगमनलाई तीब्रता दिने जानकारी दिए । मन्त्रालयले बजार अनुगमनकर्ताहरुका लागि आचार संहिता बनाईरहेको पनि सचिव अर्यालले जानकारी दिए ।

त्यसैगरी ऐनमा भएका कमिकमजोरीका कारण उपभोक्ता ठग्ने व्यवसायिक प्रतिष्ठानहरुलाई नियामक निकायले कारबारही गर्न नसक्ने विज्ञहरुको अनुभव छ । उनीहरुका अनुसार मूल्य निधारण गर्ने र त्यसको अनुगमन गर्ने निकाय अहिलेसम्म पनि गठन हुन नसक्दा उपभोक्ताहरु चरम मारमा परेको उनले बताए ।

हाल ७ वटा प्रदेशको ४ स्थानहरु पोखरा, नेपालगञ्ज, धनगडी र विरगंजमा आपूर्ति तथा उपभोक्त हित संरक्षण कार्यालयहरु रहेका छन् । आगामी दिनमा आवश्यकता अनुसार विभागले ७ वटै प्रदेशमा आफ्ना कार्यालयहरु स्थापना गर्ने विभागका महानिर्देशक नेत्र सुवेदीले जानकारी दिए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x