Date

मङ्ल, मंसिर ११, २०८१
Tue, November 26, 2024

सुन–चाँदी बैंकमा राखेर ब्याज पाइने व्यवस्था कार्यान्वयन गर्न नसक्ने निष्कर्षमा राष्ट्र बैंक

सुन–चाँदी बैंकमा राखेर ब्याज पाइने व्यवस्था कार्यान्वयन गर्न नसक्ने  निष्कर्षमा राष्ट्र बैंक

काठमाडौं, ११ पुस । सरकारले चालु आर्थिक वर्षको बजेटमार्फत सुन–चाँदीजस्ता बहुमूल्य गरगहना बैंकमा राखेर ब्याज पाइने व्यवस्था लागू गर्ने घोषणा गर्यो । मौद्रिक नीतिमार्फत राष्ट्र बैंकले पनि गरगहनालाई बैंकमा निक्षेपको रुपमा जम्मा गर्न सक्ने विषयलाई नीतिगत व्यवस्था गर्ने उल्लेख गर्यो । तर यो व्यवस्था अझै कार्यान्वयन हुन सकेको छैन ।

राष्ट्र बैंकले यो व्यवस्था कार्यान्वयन गर्न छुटै समिति गठन गरेको छ । समितिले अझै प्रतिवेदन दिन सकेको छैन । तर राष्ट्र बैंक यो व्यवस्था कार्यान्वयन गर्न नसकिने निश्कर्षमा पुगिसकेको छ ।

गरगहनालाई निक्षेपका रुपमा जम्मा गर्ने व्यवस्था कार्यान्वयन गर्न सहज नभएकोे डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीको भनाई छ। काँचो सुन बैंकमा डिपोजिट गर्ने अनि बैंकले त्यो सुन बेचेर प्राप्त रकमलाई लगानी गर्ने उद्धेश्यले सो व्यवस्था गर्न खोजिएको उनी बताउछन् ।

‘सबैको घरमा धेरथोर गरगहना छ । त्यो गहना डिपोजिट लिदा ग्राहकले भोली आफ्नो जस्तो थियो । त्यस्तै गहना माग्नु हुन्छ । अव त्यो गहना ल्याएर राखिमात्र दिएर कर्जा दिने हो भने बैंकलाई केही फाइदा भएन,’ डेपुटी गभर्नर शिवाकोटीले अर्थको अर्थसँग भने ‘अर्को गुणस्तरको पनि प्रश्न छ । कसैले १८, कसैले २२, कसैले २४ क्यारेट भन्छन् । त्यो छुट्याउने विश्वासिलो निकाय पनि छैन । ज्याला र जर्तीका कुराहरु पनि छन् । त्यसकारण गरगहनाको हकमा यो व्यवस्था कार्यान्वयन गर्न महाभारत छ ।’ डेपुटी गभर्नर शिवाकोटीको यो भनाईबाट प्रष्ट हुन्छ बजेट र मौद्रिक नीतिमा आवश्यक गृहकार्य बिनै यो व्यवस्था उल्लेख गरिएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका पूर्वअध्यक्ष मणिरत्न शाक्यले यो व्यवस्था ल्याउनु अघि आफुहरुसँग कुनै छलफल नगरेको बताए । ‘यो नीति उपयूक्त छ । तर सुनचाँदी व्यवसायी, बैंक कसैलाई यो व्यवस्थाबारे पूर्व जानकारी नगराई, आवश्यक छलफल नै नगरि ल्याईयो । त्यसले गर्दा कसरी कार्यान्वयन गर्ने भन्नेमा हामी पनि अन्यौलमा छौं ।’

यद्यपी काँचो सुनमा भने यो व्यवस्था लागू गर्ने तयारी राष्ट्र बैंकको छ । तर नेपालमा हाल काँचो सुन किनबेच गर्न पाइदैन ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x