Date

मङ्ल, मंसिर ११, २०८१
Tue, November 26, 2024

चिनियाँ राजदूत भन्छिन्– एमसीसीबारे नेपालले स्वतन्त्र निर्णय गरोस्

चिनियाँ राजदूत भन्छिन्– एमसीसीबारे नेपालले स्वतन्त्र निर्णय गरोस्

काठमाडौं, १८ पुस । अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) मार्फत् अमेरिकाले नेपालमा विद्युत् प्रसारणलाइन र सडक स्तरोन्नतिका लागि दिन लागेको ५० करोड अमेरिकी डलर (५५ अर्ब रुपैयाँ) अनुदान सहायता स्वीकार गर्ने सम्बन्धमा मुलुकभित्र किचलो भैरहेका बेला नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले एमसीसीबारे नेपालले स्वतन्त्र निर्णय गर्नुपर्ने बताएकी छिन् ।

नेपालका लागि चिनिया राजदूत होउ यान्छीले आज आयोजित पत्रकार सम्मेलनमा नेपालले आफ्नो आर्थिक उन्नतिका लागि कुनै पनि देशसँग सहयोग लिन सक्ने बताइन् । ‘नेपालले चीनसँग मात्र सहयोग लिनुपर्छ भन्ने छैन,’ राजदूतले भनिन्, ‘कसैको दबावमा भन्दा आफ्नो हित हेरेर अन्तर्राष्ट्रिय समुदायको सहयोग स्वीकार गर्नुपर्छ ।’

पत्रकार सम्मेलनमा उनले हालै नेपालमा पक्राउ परेका चिनीया नागरिकहरुको विषयमा पनि स्पष्टिकरण दिएकी छिन् । उनले भनिन्, ‘पर्यटक भिसामा नेपाल आएर गैर पर्यटन काम गरेकाहरुलाई नेपाल प्रहरीले समातेको हो । पक्राउ परेकाहरु अहिले हिरासतमै छन् ।’

चिनियाँ राजदूत होउ यान्छी

राजदुत होउले त्रिदेशीय सहकार्यको विषयमा २ जोड १ को अवधारणाबारे पनि प्रष्ट पारिन् । उनले भनिन्, ‘२ जोड एक भनेको चीन र भारतले नेपाललाई नियन्त्रण गर्ने होइन । सबै देश समान हुन् । यो त्रिदेशीय सहकार्यको अवधारणा हो ।’ यसको उदाहरणका रुपमा उनले अफगानिस्तानको सुरक्षा बललाई चीन र भारतले संयुक्तरुपमा तालिम दिइरहेको बताएकी थिइन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x