Date

मङ्ल, मंसिर ११, २०८१
Tue, November 26, 2024

चार सिमेन्ट उद्योग कारवाहीमा

चार सिमेन्ट उद्योग कारवाहीमा

काठमाडौं, २४ पुस । नेपाल गुणस्तर तथा नापतौल विभागले सिमेन्ट उत्पादन गर्ने चार उद्योगलाई कारबाही गरेको छ। गुणस्तर विपरीत सिमेण्ट उत्पादन गरेको भेटिएपछि विभागले कारवाही गरेको हो । विभागको टोलीले नेपाल गुणस्तरअनुरूप सिमेन्ट उत्पादन नगर्ने विशाल सिमेन्ट रुपन्देही, इन्टरनेशनल सिमेन्ट पर्सा, आरएमसी सिमेन्ट बारा र हिमालयन सिमेन्ट झापालाई कारबाही गरेको हो।

उद्योगको नेपाल गुणस्तर (प्रमाण चिह्न) ऐन, २०३७ तथा नियमावली, २०४० को नियम १६ अनुसार इजाजतपत्र स्थगन गरिएको छ । विभागले विशाल सिमेन्टलाई सङ्कलित नमूनाको एमजिओभन्दा बढी भएको, इन्टरनेशनल सिमेन्टलाई सङ्कलित नमूना ओपिसीको एलएसएफ कम भएको, आरएमसी सिमेन्टलाई सङ्कलित नमूनाको ओपिसी कम भएको र हिमालयन सिमेन्टलाई सङ्कलित नमूनाको आइआर नेपाल गुणस्तर ३८४ अनुरूप नभएकाले कारबाही गरिएको जनाएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x