Date

मङ्ल, मंसिर ११, २०८१
Tue, November 26, 2024

विद्युतीय कार्डको कारोबार मार्फत ७० करोड बाहिरियो

विद्युतीय कार्डको कारोबार मार्फत ७० करोड बाहिरियो

काठमाडौँ, २४ पुस । एटीएम जस्ता विद्युतीय कार्ड प्रयोग गरे बापत नेपालबाट वार्षिक करिब ७० करोड रुपैयाँ बाहिरिएको छ । नेपालका बैक तथा वित्तीय संस्थाले सेवाग्राहीले एटीएमलगायतका कार्ड मार्फत कारोबार गरे बापत उक्त रकम बराबरको शुल्क भुक्तानी गर्ने गरेका छन् ।

सेवाग्राहीले एटिएम प्रयोग गरी कुनै पनि कारोबार गर्दा कारोबार राफसाफ गरिदिए बापत भिसालाई शुल्क भुक्तानी गर्नुपर्छ । २७ बाणिज्य बैकले यस्तो कारोबार गरे बापत वार्षिक कुल करिब ५० करोड रुपैयाँ भिसालाई भुक्तानी गर्दै आएका छन् । विकास बैंक, फाइनान्स कम्पनी र पीओएस मेसिनको कारोबारमा भिसाले पाउने रकम पनि जोड्दा वार्षिक करिब ७० करोडभन्दा बढी रकम भिसाले लाने बताइएको छ ।

‘भिसा’ विद्युतीय कार्ड सञ्चालनमा कारोबार प्रणाली प्रदायक र राफसाफ गरिदिने अन्तर्राष्ट्रिय संस्था हो । यसले नेपाललगायत विभिन्न राष्ट्रमा यस्तो सेवा दिँदै आएको छ । नेपालमा डेबिट, क्रेडिट, प्रिपेडलगायत कार्ड भिसा सिस्टममार्फत सञ्चालित छन् ।

हाल एउटा बैंकको एटीएम कार्डले अर्को बैंकको एटीएम मेसिनबाट पैसा निकाल्दा प्रतिकारोबार २५ रुपैयाँ लाग्छ । पछिल्लो समयमा बैंक तथा वित्तीय संस्थाले उल्लेख्य संख्यामा एटीएम वृद्धि गरेका छन् । चालु आवको कात्तिकसम्ममा ३ हजार ५ सय २० वटा एटीएम सञ्चालनमा छन् । जसमध्ये वाणिज्य बैंकले ३ हजार १ सय ५७, विकास बैंकले ३ सय १३ र फाइनान्स कम्पनीले ५० वटा एटीएम सञ्चालन गरेका छन् । नेपालमा लघुवित्त वित्तीय संस्थाले एटीएम जारी गर्न पाउँदैनन् । कात्तिकसम्म ६८ लाख १९ हजार एटीएम कार्ड जारी भएका छन् । तीमध्ये ६५ लाख ५३ हजार वाणिज्य बैंकको मात्र छ । विकास बैंकले २ लाख ३० हजार र फाइनान्स कम्पनीले ३५ हजार एटीएम जारी गरेको राष्ट्र बैंकको तथ्यांक छ । गत कात्तिकसम्म १ लाख ३७ हजार ६ सय क्रेडिट कार्ड र ६३ हजार २ सय डेबिट कार्ड जारी भएका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x