राधी विद्युत आईपीओको बाँडफाँड आज
काठमाडौं, ३ माघ। राधी बिद्युत कम्पनी लिमिटेडले निष्काशन गरेको प्राथमिक साधारण शेयर (आईपिओ) आज बाँडफांड हुँदैछ । निष्काशन तथा बिक्रि प्रबन्धक नबिल इन्भेस्टमेन्ट बैंकिंग लिमिटेडका अनुसार बिहान ९ बजे बिक्रि प्रबन्धकको कार्यालय नारायणचौर नक्सालमा बाँडफांड हुने छ ।
कम्पनीले पुस ३ गते देखि ७ करोड ६४ लाख ५५ हजार रुपैयाँ बराबरको ७ लाख ६४ हजार ५ सय ५० कित्ता साधारण सेयर बिक्रि खुला गरेको थियो । जसमा २ प्रतिशत अर्थात् १५ हजर २ सय ९१ कित्ता कमार्चारीको लागि र ५ प्रतिशत अर्थात् ३८ हजार २ सय २८ कित्ता सामुहिक लगानी कोषको लागि छुट्याइएको थियो । बाँकि रहेको ७ लाख ११ हजार ३१ कित्ता शेयर सर्वसाधारणको लागि छुट्याइएको थियो ।
आईपिओमा १ लाख ६६ हजार आवेदन परेको थियो । भाग्यमानी ७१ हजार १ सय ३ जना सर्वसाधारण लगानीकर्ताले मात्र कम्पनीको आईपिओ दश कित्ताका दरले पाउने छन् ।
सर्वसाधारणमा आइपीओ निष्काशन पश्चात कम्पनीको सेयर संरचना संस्थापक तर्फ ७५ प्रतिशत, आयोजना प्रभावित १० प्रतिशत र साधारण तर्फ १५ प्रतिशत रहेनछ।
राधि बिद्युत कम्पनीले ४.४० मेगावाटको राधि सानो हाइड्रोपावर परियोजना संचालन गरिरहेको छ। यस परियोजनाबाट उत्पादित बिजुली राष्ट्रिय प्रशारण लाइनमा जोडिएको छ। कम्पनीले सर्वसाधारणका लागि सेयर निष्कासन गरेपछि कम्पनीको चुक्तापूँजी ४१ करोड रुपैयाँ पुग्नेछ ।
साथै कम्पनीेले दोलखामा निमार्ण हुन लागेको ११ मेगावाटको तल्लो खारे खोला जलविद्युत आयोजनामा समेत लगानी