Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

चीन सरकारको सहयोगमा बन्न लागेको टिमुरे सुख्खा बन्दरगाहको डिजाइन स्वीकृत

चीन सरकारको सहयोगमा बन्न लागेको टिमुरे सुख्खा बन्दरगाहको डिजाइन स्वीकृत

काठमाडौं, माघ ३ । नेपालले चीन सरकारको सहयोगमा निर्माण हुन लागेको सुख्खा बन्दरगाहको डिजाइन स्वीकृत गरेको छ । चीनको छेङ्दूमा सम्पन्न नेपाली र चिनियाँ अधिकारीहरु सम्मिलित उक्त बैठकमा सुख्खा बन्दरगाहमा आवश्यक अन्य पूर्वाधारहरु निर्माण गर्न चिचियाँ पक्ष सहमत भएपछि डिजाइन स्वीकृत गरिएको बताइएो छ । यो डिजाइन चीनको आर्किटेक्चरल रिकन्साइन्स एण्ड डिजाइन इन्स्टिच्युट, तिब्बतले तयार गरेको हो ।
वाणिज्य मन्त्रालय र चीन सरकारबीच आजभन्दा पाँच वर्षअघि रसुवा जिल्लाको टिमुरेमा सुख्खा बन्दरगाह निर्माण गर्ने समझदारी भएको थियो । उक्त समझदारी अनुसार २०७१ सालमा चिनियाँ पक्षले सम्भाव्यता अध्ययन सम्पन्न गरी परियोजना अघि बढाउन नेपाल इन्टरमोडल यातायात विकास समितिसँग गत वर्ष सम्झौता गरेको थियो । ८.५ हेक्टर क्षेत्रफलमा पर्ने उक्त बन्दरगामा ५ हेक्टर लाङटाङ राष्ट्रिय निकुञ्जको हो भने बाँकी सरकारले निजी जमिन अधिग्रहण गरेको हो । यो बन्दरगाहमा ३१५ फ्रेट भेहिकलका लागि पार्किङ एरिया, ५०० वर्ग मिटरको प्रशासनिक भवन, ७५० वर्ग मिटरको गोदाम घर र २,०८० वर्ग मिटरको वस्तु जाँचपाँसका लागि खुला सेड निर्माण हुनेछ । बाहिरी पर्खाल, खानेपानी सहित अन्य आवश्यक पूर्वाधार यहाँ निर्माण गरिने भएको छ ।
यसपछि विस्तृत परियोजना प्रतिवेदनका लागि करिब ३ महिना समय लाग्छ भने प्रतिवेदन तयार भएको एक महिनापछि निर्माण शुरु हुनेछ । छेङ्दूमा आयोजित बैठकमा नेपाल इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक लक्ष्मण बहादुर बस्नेत र डिजाइन निर्माण गर्ने कम्निीका तर्फबाट प्रमुख इन्जिनियर मेङ नाकिङले हस्ताक्षर गरेका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x