Date

मङ्ल, मंसिर ११, २०८१
Tue, November 26, 2024

आज माघेसंक्रान्ति, धर्म र परिवेश अनुसार मनाईंदै

आज माघेसंक्रान्ति, धर्म र परिवेश अनुसार मनाईंदै

काठमाडौं, १ माघ । आज माघेसंक्रान्ति । विभिन्न समुदायले आ–आफ्नो परिवेश र स्थान अनुसार मनाउँने गर्छन् । माघ १ गतेबाटै उत्तरायण शुरु हुने भएकाले आजबाट दिनभन्दा रात छोटा हुँदै जान्छन् । उत्तरायण शुरु हुने दिनको स्नान, जप, तप, ध्यान साधना, दान आदिलाई पुण्य दायिक मानिन्छ । माघेसक्रान्ति, सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने संक्रान्ति भएकाले माघ १ गतेलाई मकर सक्रान्ति पनि भनिन्छ ।

उत्तरायण सुरु हुने दिनको स्नान, जप, तप, ध्यान, साधना, दान आदिलाई पुण्यदायक मानिन्छ । यसैले आजको दिन देवघाट, त्रिशूली, कालीगण्डकी, वाग्मती, इन्द्रावती, त्रिवेणी, रिडीलगायतका नदीमा माघ स्नान गर्ने भक्तजनको भिड लाग्छ । यी स्थानहरुमा आज विशेष मेलासमेत लाग्ने गर्छ ।

माघ १ गतेलाई समुदाय अनुसार नाम र मनाउने तरिका स्थानअनुसार फरक–फरक छ । तराईवासीले माघ १ लाई नहान अर्थात् नुहाउने पर्वका रुपमा मनाउँछन् भने नुवाकोटको तारुकामा गोरु जुधाएर रमाइलो गर्ने चलन छ । विगत वर्षझैं यस वर्ष पनि यहाँ दर्जनभन्दा बढी हलगोरु जुधाइ हुने जनाइएको छ । थारु समुदायले माघ १ गतेलाई नयाँ वर्षका रूपमा धुमधामका साथ स्नान, दान, एवं खानपिन र रमाइलो गरेर माघी पर्व मनाउँने गरेका छन् ।

सूर्य उत्तरायण प्रवेश गर्ने दिन माघ १ गते थारु समुदायको नयाँ वर्ष अर्थात् माघी पर्व पर्दछ । यो पर्वलाई ठाउँअनुसार विभिन्न नाम पनि दिने गरिएको छ । यो पर्वको रौनकतासँगै घ्य चाकु तथा तरुलकोे व्यापार बढेको छ । काठमाण्डौकोे कालिममाटी, बल्खु, भृकुटीमण्डपलगायतका तरकारी तथा फलफूल बजार र असन क्षेत्र ग्राहकहरुले भरिभराउ भएका छन् । विभिन्न स्थानमा रहेका बजारमा माघेसंक्रान्तिका लागि आवश्यक सामान किन्नेहरुकोे घुईचो लागेकोे छ ।

माघेसंकान्तिका दिन घ्यू, चाकु, तिलका परिकार, तरुल, पालुङ्गो, खिचडी आदि खाने चलन छ । यी परिकारले जाडोमा न्यानो प्रदान गर्ने जनविश्वास छ । आजका दिन शरीरमा तिलको तेलले मालिस गर्दा दूषित पदार्थ बाहिर निस्कन्छ भन्ने जनविश्वास छ । शरीरका नाडी, स्नायु मण्डल र हड्डीलाई तिलको तेलले मानिसबाट सुदृढ र स्वस्थ राख्न सकिने आयुर्वेदको शास्त्रीय मान्यता छ ।

तिलको तेल घस्नाले शरीरको तापक्रम बढ्न गइ जाडो कम हुन्छ भन्ने वैज्ञानिक मत समेत छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x