पुस महिनामा लक्ष्य अनुसार नै राजस्व

काठमाडौं, १ माघ । सरकारले आर्थिक वर्षको पहिलो ६ महिनामा संकलन गरेको राजस्वको कारण पुस महिनाको लागि मात्र निर्धारण गरिएको राजस्वको लक्ष्य पुरा भएको छ । पुस महिनामा मात्र १ खर्ब ३५ अर्ब रुपैयाँको राजस्वको लक्ष्य राखेकोमा १ खर्ब ३७ अर्ब रुपैयाभन्दा बढी राजस्व संकलन भएको छ ।

सरकारले पुस मसान्तमा ४२ अर्ब ४६ करोड रुपैयाँ राजस्व संकलन गरेको छ ।

महालेखा नियन्त्रक कार्यालयका अनुसार पुस २९ गते कर राजस्व अन्तर्गत २५ अर्ब ५५ करोड रुपैयाँ सरकारी खातामा आएको छ । यस्तै गैर कर राजस्व अन्तर्गत १६ अर्ब ९० करोड रुपैयाँ सरकारी खातामा आएको छ ।

पुस २८ गते १५ अर्ब ८१ करोड रुपैयाँ कर राजस्व अन्तर्गत सरकारी खातामा आएको थियो भने गैर कर राजस्व अन्तर्गत ७१ करोड रुपैयाँ गैर कर राजस्वबाट प्राप्त भएको थियो ।

सरकारले चालु आर्थिक वर्षमा पहिलो पटक पुस महिना लक्ष्यभन्दा बढी राजस्व संकलन गरेको छ ।

पुस महिनामा १ खर्ब ३५ अर्ब रुपैयाँको राजस्व संकलनको लक्ष्य राखिएकोमा १ खर्ब ३७ अर्ब रुपैयाँ राजस्व संकलन भएको छ ।

पुस महिनामा लक्ष्यभन्दा बढी राजस्व संकलन भएपनि चालु आर्थिक वर्षको ६ महिनासम्म उठाउने लक्ष्य राखिएको राजस्वको ग्याप भने ठूलो नै छ ।

साउनदेखि नै लक्ष्य अनुसार राजस्व संकलन नभएको कारण ग्याप बढेको थियो । पुस महिनामा लक्ष्यभन्दा बढी राजस्व संकलन भएको कारण ग्याप केही घटेको छ ।

सरकारलाई यो पटक पुस महिनााको लक्ष्य पुरा गर्न गैर कर राजस्वले सहयोग गरेको हो । गैर कर राजस्वले नै पुस महिनाको राजस्वको लक्ष्य पुरा भएको हो ।

यद्यपि, समग्रमा भने ६ महिनामा सरकारले लक्ष्यभन्दा ८२ अर्ब रुपैयाँ कम राजस्व संकलन गरेको छ । चालु आर्थिक वर्षको छ महिनामा सरकारले लिएको लक्ष्य भन्दा कम राजश्व संकलन भएको छ । पुस मसान्तसम्म सरकारले ४ खर्ब ५५ अर्ब रुपैयाँ मात्र राजश्व संकलन गरेको छ । सरकारले पुस मसान्तसम्म ५ खर्ब ३७ अर्ब रुपैयाँ राजश्व संकलनको लक्ष्य राखेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *