भूकम्प प्रभावित ८६,००० नयाँ आवासका लागि विश्व बैंकको ऋण

काठमाडौं, १ माघ । विश्व बैंकले भूकम्प प्रभावितहरुको आवास निर्माणका लागि २० करोड अमेरिकी डलर (साढे २२ अर्ब रुपैयाँ) ऋण सहयोग गर्ने भएको छ । विश्व बैंकले भूकम्प प्रभावित आवास पुनर्निर्माण परियोजनाका लागि नेपालको ऋण सहयोग प्रस्ताव स्वीकृत गरेको हो ।
आवास पुनर्निर्माणमा विश्व बैंकले दोस्रो पटक सहयोग दिन लागेको हो । यसअघि विश्व बैंकले निजी आवास पुनर्निर्माणका लागि ३० करोड अमेरिकी डलर ऋण सहायता दिएको छ । यो सहयोगबाट भूकम्प प्रभावित ३२ जिल्लामा ८६,६८० आवास पुनर्निर्माण हुने विश्व बैंक्ले जनाएको छ ।

सन् २०१५ को भूकम्पले नेपाली अर्थतन्त्रमा ७ अर्ब अमेरिकी डलरको क्षति भएको थियो । विश्व बैंकको सहयोगले ९६ हजार घर पुनर्निर्मणका लागि आवश्यक स्रोतको खाडल पुरा गर्न सरकारलाई सहयोग भएको छ । सरकारले भूकम्प प्रभावितलाई आवास पुनर्निर्माणका लागि ३ लाख रुपैयाँ अनुदान सहयोग दिएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्प प्रभावित ६ लाख ८५ हजार एक सय ९३ घरपरिवार अनुदानका लागि योग्य ठहर्याएको छ । लाभग्राहीमध्ये सबैभन्दा बढी प्रभावित मध्य नेपालका १४ जिल्लामा ९९ प्रतिशतले पहिलो किस्ता पाइसकेका छन् भने ८१ प्रतिशतले दोस्रो र ७० प्रतिशतले अनुदानको तेश्रो किस्ता पनि प्राप्त गरिसकेका छन् । पहिलो किस्तामा ५० हजार, दोस्रोमा १ लाख ५० हजार र तेश्रो किस्तामा १ लाख रुपैया दिने प्रावधान छ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *