Date

शुक्र, मंसिर १९, २०८२
Fri, December 5, 2025

प्रदीप अधिकारीसहितको भ्रष्टाचार मुद्दामा आज थुनछेक बहस

प्रदीप अधिकारीसहितको भ्रष्टाचार मुद्दामा आज थुनछेक बहस

काठमाडौं, १९ मंसिर। नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक प्रदीप अधिकारीविरुद्धको भ्रष्टाचार मुद्दामा आज थुनछेक बहस हुँदैछ ।

विशेष अदालतमा न्यायाधीहरू नारायणप्रसाद पौडेल, हेमन्त रावल र विदुर कोइरालाको २ नम्बर इजलासमा उनको बयान हुनेछ ।

भक्तपुरको नलिञ्चोक हेलिपोर्टमा अनियमितता अभियोगमा बुधबार अधिकारीसहित ७ जनाविरुद्ध अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

बयानपछि अधिकारीलाई थुनामा राखेर अनुसन्धान गर्ने कि धरौटीमा छाड्नेबारे आदेश दिइनेछ ।

अख्तियारले प्रदीप अधिकारीसहित निर्देशक मुरारी भण्डारी, उपप्रबन्धक इन्जिनियर समृद्धि श्रेष्ठ, प्रबन्धक नवलविक्रम थापा, अभियन्त्र कन्सलटिङ प्रालि र सो प्रालिका प्रमुख विजय थापा, निजी इन्जिनियर गुरुदत्त अधिकारीलाई प्रतिवादी बनाएको छ ।

उनीहरूसँग जनही १३ करोड ५७ लाख ४६ हजार २१३ रूपैयाँ ७७ पैसा बिगो दाबी र कैद तथा जरिवाना माग गरिएको विशेष अदालतले जनाएको छ ।

बुधबार मुद्दा दायर गर्नुअघि अधिकारी र भण्डारीलाई पक्राउ गरिएको थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *