सिन्धु विकास बैंकको १२ प्रतिशत लाभांश पारित

काठमाडौं, १ माग । सिन्धु विकास बैंकले चुक्तापूूँजीकोे ०.५८ प्रतिशत नगद लाभाश र ११.५१४ प्रतिशत वोनश शेयर वितरण गर्न प्र्रस्ताव पारित गरेको छ ।

बैंकको मंगलबार सिधुपल्चोकमा सम्पन्न १०औं वार्षिक साधारण सभाले हाल कायम रहेको चुक्तापूँजी ५० करोड २७ हजार ३ सय १७ रुपैयाँको नगद तथा बोनस सेयर वितरण गर्न प्रस्ताव पारित गरेको हो ।

बैंकले पुस मसातसम्म २ अर्व ६५ करोड कर्जा लागनी गरेको जनाएको छ । त्यस्तैै सो अवधिमा ३ अर्व १० करोड निक्षेप संकलन गरेकोे छ । बैंकले गत आर्र्थिक वर्षमा ५ करोड ८५ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । यो नाफा अघिल्लो वर्षको तुलनामा एक सय २८ प्रतिशतले बढी हो ।
त्यस्तै सभाले उपयुक्त बैंक तथा वित्तीय संस्थासँग एक आपसमा गाभ्ने सम्वन्धमा प्र्रस्ताव पनि पारित गरेको छ ।

बैंकले २२ ओटा शाखा कार्यलय र २ वटा सिमित बैंकिङ्इकाईमार्र्फत सेवा दिँँदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *