पैसा धेरै भएरमात्रै सेयर बजार माथि जाँदैन : अर्थमन्त्री डा. खतिवडा

डा.युवराज खतिवडा, अर्थमन्त्री

काठमाडौं, १ माघ । नेपाल स्टक एक्चेन्जले २७ वर्ष पार गर्दा पूँजीबजार विस्तारमा कस्तो भूमिका निवाह ग¥यो भन्ने कुरा महत्वपूर्ण हुन्छ । पूँजीबजारमा भएका समस्यारु केलाउँन सक्यो कि सकेन भन्ने कुरा पनि आउँछ । पहिले–पहिले कतिपय अवस्थामा पैसा ब्लक भएको अवस्था छ । ताल पर्यो भने एक वर्षसम्म नै पैसा होल्ड हुन्थ्यो ।

सेयर किन्नको लागि ब्रोकरहरुकामा नगई नहुँने समय पनि थियो । जहिल्यौ ट्राफिक जाम अथवा सञ्चारको असुविधा र सूचनाको अभावले भैगो दुःख नगरौं भन्ने दिन पनि थिए । सेयरमा लगानी गर्याै भन्यो बजारबारे जानकारी छैन्, सूचना छैन् वा सेयरका कागजहरु जम्मा गर्याे घरमा लग्यो राख्ने ठाउँपनि छैन् । राख्ने ठाउँ भयो भने पनि मुसाले कट्छ । त्यस्तो अवस्थाबाट आज हामीले गतिशील र उदयमान पूँजी बजारको संरचना अन्तर्गत नेपाल स्टक एक्सचेन्ज पाएका छौं । नेपाल स्टक एक्सचेन्ज बयस्क भयो वा युवा नै छ हामीले यसका क्रियाकलाप हेरेर अनुमान गर्ने हो । जे होस् अहिले नै यसको बुढो हुने बेला भएको छैन् । प्रकृतिको नियम अनुसार कुनै कुरा विस्थापित नभई अर्को पुस्ताले पालो पाउँने चान्स हुँदैन । अहिलेको कार्यभार तपाईंहरुकै जिम्मामा भयो । यसको विकल्प खेजिहाल्ने समय भएको छैन् ।

म राष्ट्र बैंकको गभर्रनर हुँदा स्टक एक्सेन्चबाट राष्ट्र बैंकको सेयर झिक्ने कुरा गरेका थियौ । त्यसलाई कार्यान्वयन गर्ने भनेर १० प्रतिशत सेयरभन्दा माथि नराख्ने भनेका थियौ । अहिले बल्लबल्ल १४ प्रतिशतमा झरेछ । मलाई लाग्छ अर्काे वार्षिक साधारणसभा हुँदा १० प्रतिशतमा झर्याे भन्न पाईन्छ होला, यो मेरो शुभकामना पनि हो । पूँजीको संरचनामा परिवर्तन भए अनुसार नै सञ्चालनमा पनि परिवर्तन हुन्छ । क्रमशः व्यवसायीहरु र पूँजी बजारका जानकार व्यक्तिहरु यसका सञ्चालक हुँदै आउँछन् । पूँजीको संरचनात्मक परिवर्तनले नेप्सेलाई एउटा गतिशील संस्था बनाउँदै लान्छ ।

२ वर्ष यता हामीले धितोपत्र बजारमा गरेका सुधारहरुबारे तपाईहरुले नै चित्त बुझ्नेगरी भनिसक्नुभयो । अब लाभांश करको विषयमा एउटा कुरा रहेको छ । आधा दर्जनभन्दा बढी त नियमावली र कार्यविधिहरु नै संशोधन गरीसकेका छौं । केही संशोधन र केही निर्माण भईसकेका छन् । धितोपत्र लगानीकर्ता वा धितोपत्र व्यवसायी सम्बन्धी नियामावली पनि छिटै आउँदैछ । सामूहिक लगानी कोष सम्बन्धी नियमावली केही दिनभित्र आउँछ । त्यसैगरी धितोपत्र दर्ता वा निस्काशन सम्बन्धी नियमावलीमा पनि हामीले छलफल गरेर टुङ्ग्याएका छौं । ऐन, नियमावली र कार्यविधिहरु आईरहँदा धितोपत्रलाई अझ गतिशील रुपमा अगाडि बढाउँन सहयोग पुग्छ भन्ने मलाई लाग्छ ।

सञ्चालन पक्षलाई हेर्दा अलिकति खड्केको कुरा के हो भने नियामक र सञ्चालन व्यवस्थापकको बीचमा बेलाबेलामा केही असमझदारीका कुराहरु हुने गरेका छन् । यो स्वभाविक पनि हो । नियामकले नियम पालना गराउँने हो । सञ्चालकले अनुकुल र सहज रुपमा संस्था सञ्चालन गनुपर्छ । काम गर्दा अफ्ठ्यारो छ भने सञ्चालकले नियामकलाई यहाँनेर हामीलाई अफ्ठ्यारो वा समस्या पर्याे भनेर भन्नु पर्छ । तर, निर्देशन जारी भएपछि सञ्चालकहरुले त्यसलाई पालना गर्नुपर्छ । नियामकको प्रवन्ध र कानुनको प्रवन्ध पनि त्यही हो । मेरो अनुरोध के छ भने कानुन वा नियम के कुरामा समस्या छ ? आउँनुहोस् बसेर छलफल ग¥यौ । निर्देशन जारी गर्नुभन्दा पहिले नियामनले ५ पटक छलफल गर्ने गर्याै । व्यवहारिक बनाउँ र त्यसालाई जारी गरिसकेपछि कार्यान्वयन गरौं । त्यहाँ ‘इफ वा बट’ केही पाईंदैन् । पूँजीबजारलाई गलत संकट हुँन दिनुहुँदैन् । पूँजीबजारलाई गलत संकट हुन दिइयोभने एउटा गतिशील बजारलाई गुमनाममा राखेजस्तो हुन्छ । सेयर बजारमा राम्रो कम्पनी छानेर लगानी गर्नुभयो भने प्रतिफल पनि राम्रै पाउँनुहुन्छ । राम्रो कम्पनी छान्न आवश्यक छ ।

आस्वाको कुराले पनि सेयर बजारलाई झन सहज वनाई दिएको छ । पहिले एक वर्षसम्म पैसा पाईंदैन थियो । तर, अहिले त सेयर हाल्ने वित्तिकै बैंक खाता रोक्का हुने र सेयर नपर्ने वित्तिकै खाता खुल्ला हुने अति राम्रो व्यवस्था भएको छ । अहिले ३ दिनभित्रमा सेयरको डाफ साफ भईसक्छ । तपाईहरुले केही आवश्य कुराहरुको उठान गर्नुभएको छ । ती कुराहरुलाई कार्यविधि बनाएर वा एउटा संरचना नै बनाएर सम्बोधन गरिने नै छ । राष्ट्र बैंक त रियल टाइम ग्रस पेमेन्ट सिस्टम (आरटीजीएस)मा जाने क्रममा छ । राष्ट्र बैंक आरटीजीएसमा गएपछि स्टक मार्केट पनि आरटीजीएसमा जानु पर्छ । यसको लागि तपाईहरुले केही समय पाउँनु हुन्छ । तर, रियल टायममा कारोबारको सेटल हुने भयो भने तपाईहरुले एक लाख रुपैयाँ लिएर दिनभरीमा कति कारोबार गर्नुभयो भन्ने सिमा हुँदैन् । त्यसले मल्टिप्लाई गर्दा बजार आफै भाइब्रेन्ट हुन्छ । पैसा धेरै भएरमात्रै सेयर बजार माथि जाँने हैन् । त्यसको भेलुसिटी कति छिटो वा त्यो पैसा कति छिटो सर्कुलेट हुन्छ त्यसले बजारलाई गतिशील बनाउँछ ।

कहिले बैंकको व्यजदर घट्ला, कहिले बैंकमा तरलता आउला अनि सेयर बजार बढ्ला भनेर रमिता हेर्ने र जहिल्यै पनि बालुवाटार तिर फर्केर हेर्ने प्रवृत्ति त्यसपछि अन्त्य हुन्छ । तपाईं आफ्नै पैसाले छिटो छिटो कारोबार गरेर सेयर बजारलाई गतिशीत बनाउँन सक्नुहुन्छ । छिटो कारोबरा गर्न विवेक चाहीँ नगुमाउँनु होला तपाईंहरुलाई अनुरोध गर्छु । सेयर ब्रोकर्सहरुको कुरा गर्दा बैंकहरुलाई ब्रोकर्स लाईसेन्स दिने वा ब्रोकर्सहरुको संख्या बढाउँने यी छलफल गर्नु पर्ने विषय हुन् । यसमा हामी छलफल गरेर एउटा टुङ्गोमा पुग्छौं । हामीले ब्रोकरको संख्या बढाउँने, प्रणालीलाई विकास गर्ने, सूंचना प्रविधिलाई बढि प्रयोग गर्ने वा अन्य प्रतिस्पर्धी संस्थालाई सेयर बजारमा आउँन दिने हो भन्ने कुरामा थप छलफल गर्ने छौं । लगानीकर्ताहरुलाई सेयर बजारबारे सुसूचित गर्ने, जानकारी दिने र सेयर बजारको सन्दर्भमा वित्तीय साक्षरता सम्बन्धी जानकारी दिने काम धितोपत्र बोर्ड र नेप्सेको मात्र हैन । यो समाजका वित्तीय प्रणाली प्रति जानकार राख्ने हामी सबैको कर्तव्य हो । त्यसको लागि धितोपत्र व्यवसायीलगायत हामी सबैको पनि उत्तिकै महत्वपूर्ण भूमिका रहन्छ । यसमा तपाईंहरुले काम गर्नुहोस् ।

अब गर्ने कुराहरुमा तपाईंहरुले भनेको लाभांश करलाई पुनरावलोकलन गर्ने विषयमा हामी आगामी बजेटको समयमा छलफल गर्ने छौं । सीडीएसको क्षमता बढाउँनु छ । अझ भरपर्दो विश्वासिलो बनाउँनु छ । त्योे काम हामी गछौं । ऋणपत्रहरुको बजारलाई अलिक गहिरो र विकसित बनाउँनु पर्ने आवश्यक छ । अहिले कतिपय बैंकहरुले दीघकालीन ऋणपत्र जारी गर्ने गरेका छन् । म त्यस्ता बैंकहरुलाई धन्यवाद दिन चाहान्छु । अब यी ऋणपत्रहरुको दोस्रो बजारमा पनि विकास गर्नुछ । इपीटी अथवा धितोपत्रको मात्रै कारोबारले सधै बजार गतिशील हुँदैन । दोस्रो बजारसमेत गरी ऋणपत्रको पनि विकास हुनु पर्छ । त्यसमा काम गर्नु छ । नयाँ निष्काशन बजारलाई व्यवस्थापन गर्नु पर्छ । नयाँ कम्पनीहरु आईरहदाखेरी स्वभाविक रुपमा लगानिकर्तालाई नयाँ छनोटको अवसर हुन्छ । र अहिले नयाँ आउने कम्पनीहरुको कारणले सेयरबजारमा फेरी दवाब हुन्छ की भनेर नसोँच्नुहोला । नयाँ कम्पनीहरु आउदा नयाँ लगानिकर्ताहरु पनि आउनुहुन्छ नयाँ मार्केटको पनि सृजना हुन्छ । त्यसो भएको हुनाले यो कुनै नयाँ कम्पनी आएर बजार फेरी घट्छ की भन्ने कुरा होइन ,कम्पनीको सवल पक्षले बजारलाई अझै माथी पु¥याउन पनि सक्छ । त्यसैगरी अब कतिपय चाहि आइपिओ हायर गर्ने कुराहरुमा पनि अहिले सुधारका प्रक्रियाहरु अघि बढिरहेका छन् । त्यसबाट पनि हामीलाई लाग्न सक्छ बजार अझै गतिशिल भएर अघि बढ्नेछ । र अब यती धेरै कुरा भनिसकेपछी पुरस्कृत हुने हाम्रा सम्पुर्ण खेलाडीहरुलाई धन्यवाद दिन्छु । सेयर बजार पनि त्यस्तै हो, कोही १०० मिटर कुद्नुहुन्छ कोही ५०० मिटर, कोही ४ हजार मिटर कुद्नुहुन्छ । आफ्नो–आफ्नो लगानीको क्षमताको हिसाबले रेसमा जाने हो । अनि अली दीर्घकालीन लामो रेसमा जानेको लागि अलिकती बढी स्टामीना चाहिन्छ । त्यो भनेको के हो भने आफ्नो स्टामिना भनेको आफ्नो बचत हो । आफ्नो बचतबाट लगानी गर्नुभो भने रिटेन गर्ने स्टामिना हुन्छ अनि मुल्य बढेको बेला खरिद बिक्री गर्नको लागि अवसर हुन्छ ।

सेयर बजार अर्थतन्त्रको एउटा गतिको सूचक र मापक पनि हो । निश्चित अर्थतन्त्रमा मान्छेको शरीरमा जस्तै तापक्रम पनि चाहिन्छ । धेरै तापक्रम भएपनी ज्वरो आउँछ । ज्वरो आइसकेपछि फेरि अरु किसिमको रोगहरु थपिने डर हुन्छ । अनि एकदमै शरीरमा तापक्रम घट्यो ९७ डिग्रीभन्दा पनि कम भयो भने हाइपोथर्नीया भन्ने एउटा रोग हुन्छ । जसले हामीलाई फेरी अर्को रोगको सृजना गर्छ । त्यसो हुनाले हामीले धेरै शरीरलाई चिसो हुन पनि दिनु भएन र टेम्प्रेचर १ सय ३ देखि ४ पारेर पानिपट्टी गर्ने स्थीतीमा पनि हामी पुग्नु हुँदैन । निस्चित टेम्प्रेचर कायम गरे स्वस्थ भइन्छ । त्यस्तै बजारलाई पनि निश्चित टेम्प्रेचरमा मेन्टेन ग¥यो भने स्वस्थ सवल र दिगो हुन्छ । यसो गर्न सकियो भने सबै लगानीकर्ताहरुको भलो हुन्छ । र तपाईंहरु सबैलाई शुभकामना पनि छ । धन्यबाद ।

(अर्थमन्त्री डा. युवराज खतिवडाले नेपाल स्टक एक्सचेन्ज (नेप्से)को २७ औं वार्षिकोत्सवमा व्यक्त गर्नुभएको धारणाको सम्पादित अंश)

Leave a Reply

Your email address will not be published. Required fields are marked *