Date

मङ्ल, मंसिर ११, २०८१
Tue, November 26, 2024

६ महिनापछि नेप्से परिसूचक १२८४ को विन्दुमा

६ महिनापछि नेप्से परिसूचक १२८४ को विन्दुमा

काठमाडौं, १ माघ । नेप्से परिसूचक ६ महिनापछि १२८४ को बिन्दुमा पुगेको छ । लामो समयसम्म ११०० को विन्दुभन्दा तल रहेको नेप्से परिसूचक आज १२८४.२३ विन्दुमा पुगेको हो । गत साउन ८ गते नेप्से परिसूचक १२८४.०७ विन्दुमा पुगेको थियो । तर, त्यसयता बजार यो विन्दुमा पुग्न सकेकोे थिएन् । उक्त दिन ४४ करोड ३४ लाख रुपैयाँको मात्र सेयर कारोबार भएको थियो ।

आज नेप्से परिसूचक २०.८५ प्रतिशतले वृद्धि भएको छ । यो परिसूचक हिजोको तुलनामा १.६५ प्रतिशतले बढी हो । आज ९० करोड ४८ लाख रुपैयाँको सेयर कारोबार भएको छ । यो रकम गत कारोबार दिनभन्दा १२ करोड रुपैयाँ कमी हो । एक सय ७७ कम्पनीको ३० लाख ५५ हजार २३३ कित्ता सेयर खरिद विक्री भएको छ । सबैभन्दा बढी सेयर कारोबार एन आई सी एशिया बैंकको भएको छ । उक्त बैंकको ७ करोड ४० लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको हो । यो बैंकको आज बजार बन्द हुँदासम्मको प्रतिकित्ता सेयर मूल्य ४७२ रुपैयाँ रहेको छ । त्यस्तै बढी सेयर कारोबार हुने दोस्रोमा एनएमबि बैंक लिमिटेड रहेको छ । एनएमबिको ३ करोड १८ लाख रुपैयाँभन्दा बढीको सेयर कोरोबार भएको हो । एनएमबिको आजको बजार बन्द हुँदासम्मको प्रतिकित्ता सेयर मूल्य ३६७ रुपैयाँ रहेको छ ।

आज कारोबारमा आएका १२ समूहमध्ये ३ समूहको परिसूचकमा गिरावट आएको छ भने बाँकी ९ समूहको परिसूचकमा वृद्धि भएको छ । परिसूचक गिरावट आउँनेमा होटेल समूह ०.१८ प्रतिश, उत्पादन तथा प्रशोधन समूह ०.७७ प्रतिशत र अन्य समूह ०.१२ प्रतिशत रहेका छन् । त्यस्तै सबैभन्दा बढी परिसूचक वृद्धि हुनेमा उद्योग समूह रहेको छ । उद्योग समूहको ८.१८ प्रतिशतले परिसूचकमा वृद्धि भएको हो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x