Date

आइत, असार २२, २०८२
Sun, July 6, 2025

सन्राइज बैंकले सिर्जना फाइनान्सलाई प्राप्ति गर्ने

सन्राइज बैंकले सिर्जना फाइनान्सलाई प्राप्ति गर्ने

काठमाडौं, ९ माघ । सन्राइज बैंकले सिर्जना फाइनान्सलाई प्राप्ति गर्ने भएको छ । बुधवार दुई पक्षबीच सहमतिपत्रमा हस्ताक्षर भएको हो ।

सहमतिअनुसार सम्पत्ति तथा दायित्व मूल्यांकन गर्न विषेशज्ञलाई तत्काल नियुक्त गरिने छ । प्रतिवेदन प्राप्त भएपछि संयुक्त समितिमा छलफल गरी समितिले सिफारिश गरेको प्रतिसेयर मूल्यलाई दुवै पक्षको संचालक समितिले स्वीकृत गरी साधारण सभाबाट स्वीकृति भए बमोजिम सिर्जना फाइनान्सका सेयरधनीहरुलाई सन्राइज बैंकको सेयर दिईने विज्ञप्तिमा उल्लेख गरिएको छ ।

बैंकको कूल निक्षेप ८५ अर्ब रहेको छ भने सिर्जना फाइनान्सलाई प्राप्ति गरेपश्चात् बैंकको निक्षेप ९२ अर्ब ३१ करोड पुग्ने जनाइएको छ । हाल बैंकका १ सय ३० वटा शाखा कार्यालय तथा ८ वटा एक्स्टेन्सन काउन्टर रहेका छन् । सिर्जना फाइनान्सको बिराटनगरमा प्रधान कार्यालय रहेको छ । यसका मोरङ्ग, सुनसरी र सप्तरीमा गरी २१ वटा शाखा कार्यालयहरु रहेका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *