ट्रान्सपरेन्सीको रिर्पोट– नेपालमा भ्रष्टाचार नियन्त्रणमा सुधार
काठमाडौं, ९ माघ । ट्रान्सपरेन्सी इन्टरनेशनलको रिर्पोट अनुसार यो वर्ष नेपालको भ्रष्टाचार नियन्त्रणमा सुधार आएको छ। ट्रान्सपरेन्सीले आज सार्वजनिक गरेको रिर्पोट २०१९ मा नेपाललाई १ सयमा ३४ अंक दिइएको छ।
गत वर्ष नेपालको अंक ३१ रहेको थियो ।
दक्षिण एशियाली राष्ट्रहरूमध्ये भुटानले ६८ अंक प्राप्त गरी २५औं स्थान, भारतले ४१ अंकप्राप्त गरी ८० औं स्थान, श्रीलंका ३८ अंक प्राप्त गरी ९३औं स्थान, नेपाल ३४ अंक प्राप्त गरी १ सय १३औं स्थान र पाकिस्तानले ३२ अंकप्राप्त गरी १ सय २०औं स्थानमा रहेको छ । त्यस्तै मालदिभ्सले २९ अंक प्राप्त गरी १ सय ३०औं स्थान, बंगलादेशले २६ अंक प्राप्त गरी १ सय ४६औं स्थान र अफगानिस्तानले १६ अंक प्राप्त गरी १ सय ७३औं स्थानमा रहेको छ ।
भ्रष्टाचार विरोधीको काराबाही, न्यायपालिकाको काम–कारबाही, कर असुली लगायतका कारण नेपालको अवस्थामा केही सुधार आएको बताइएको छ।