सर्वोच्च अदालतका नवनियुक्त तीन न्यायाधीशले शपथ लिए, मंगलबारदेखि इजलास सुरु

काठमाडौं, २४ असार । सर्वोच्च अदालतमा नवनियुक्त तीन न्यायाधीशहरू मेघराज पोखरेल, श्रीकान्त पौडेल र शान्ति सिंह थापाले पद तथा गोपनीयताको शपथ ग्रहण गरी मंगलबारदेखि मुद्दाको सुनुवाइ सुरु गरेका छन्।
उनिहरूलाई संसदीय सुनुवाइ समितिले अनुमोदन गरेपछि राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त गरेका थिए।
नवनियुक्त न्यायाधीशहरूलाई प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले शपथ ग्रहण गराएका थिए। शपथ ग्रहणपछि उनिहरूले पदभार ग्रहण गर्नुका साथै मुद्दाको इजलास तोक्ने प्रक्रियामा समेत सहभागी भएका थिए।
मंगलबार सर्वोच्च अदालतमा एक पूर्ण इजलाससहित कुल १० वटा इजलास गठन गरिएको थियो, जसमा २९४ वटा मुद्दाको सुनुवाइ तोकिएको थियो। नवनियुक्त न्यायाधीशहरूले संयुक्त इजलासमा रहेर मुद्दाको सुनुवाइ सुरु गरेका छन्।