Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

भैंसेपाटीमा भीआईपी निवास निर्माण सुरु, १४ वटा भवनको ‘जग डिजाइन’ सकियो

भैंसेपाटीमा भीआईपी निवास निर्माण सुरु, १४ वटा भवनको ‘जग डिजाइन’ सकियो

काठमाडौं, १० माघ । सरकारका उच्चपदस्थ अधिकारी (भीआईपी) का लागि ललितपुरको भैंसेपाटीमा निवास निर्माण कार्यले गति लिएको छ । राष्ट्रिय सभाका अध्यक्ष, उपाध्यक्ष, उपसभामुख, मन्त्रीहरु, प्रदेश प्रमुख र मुख्यमन्त्रीहरुको निवास निर्माण कार्यले गति लिएको हो । गत मंसिर ७ गते सिको हनुमान जे.भि. निर्माण कम्पनीले २७ वटा मन्त्री निवासका भवनहरु निर्माण गर्ने जिम्मा पाएको थियो । उक्त कम्पनीले १४ वटा भवनको ‘जग डिजाइन’ गर्ने काम सकेको छ ।

गत असोजमा प्रधानमन्त्री केपी शर्मा ओलीले भवनको शिलान्यास गरेका थिए । २७ वटा मन्त्री निवास निर्माणका लागि १ अर्ब ३ करोड ४६ लाख रुपैयाँ लागतमा सम्झौता भएको शहरी विकास तथा भवन निर्माण विभागले जनाएको छ । त्यस्तै के.सी. समान्तर जे.भि.सँग प्रदेश प्रमुख र मुख्यमन्त्रीका लागि ७ वटा निवास निर्माण गर्न ७२ करोड ४६ लाख ९४ हजार रुपैयाँमा सम्झौता गरेको छ । सम्झौताअनुसार यी कम्पनीहरुले निर्माण कार्य सुरु गरेको २ वर्षभित्र काम सक्नु पर्नेछ । निर्धारित समयभित्र काम नसके सम्झौता अनुसार कारबाही हुने विभागको भनाई छ । १४ वटा भवनको निर्माण कार्य सुरु भएपनि अन्य भवनहरुको भने जग खन्ने काम भईरहेको छ ।

उक्त जग्गामध्य ९७ रोपनी जग्गामा राष्ट्रिय सभाका अध्यक्ष, उपाध्यक्ष, उपसभामुख र मन्त्रीहरुका लागि निवास बनाईने छ भने २७ रोपनी जग्गामा प्रदेश प्रमुख र मुख्यमन्त्रीका लागि सभा हल र निवास बनाईने छ । बाँकी रहेको जग्गामा सुइमिङ पुल, हेलिप्याड र बगैँचा बनाईने विभागले जानएको छ । अहिलेको मन्त्री क्वाटर परम्परागत शैलीको भएको र मन्त्रिहरुलाई सुविधा सम्पन्न निवास बनाउँन लागिएको विभागका एक उच्च कर्मचारीले जानकारी दिए ।

हाल बन्न लागेको उक्त निवास आधुनिक सुविधा सम्पन्न हुनेछ । त्यस्तै सरकारले पुलचोकस्थित पुरानो मन्त्री क्वाटर भत्काएर विदेशी पाहुँनाका लागि ८ वटा स्टेट गेष्ट हाउस बनाउने निर्णय गरेको छ । यदि हाल मन्त्री क्याटर भएको जग्गाले स्टेट गेष्टहाउस बनाउँन अपुग भएमा राष्ट्रिय पुस्तकालयको जग्गा पनि उपभोग गर्ने सरकारको योजना छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x