Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

चालु आवको पुस मसान्तसम्ममा जीवन बीमा कम्पनीहरुको करिब ४७ अर्बको व्यवसाय

चालु आवको पुस मसान्तसम्ममा जीवन बीमा कम्पनीहरुको करिब ४७ अर्बको व्यवसाय

काठमाडौं, १० माघ । चालु आर्थिक बर्ष २०७६÷७७ को दोस्रो त्रैमास अवधिमा जीवन बीमा कम्पनीहरुले ४६ अर्ब ८९ करोड रुपैयाँ बराबरको बीमा व्यवसाय गरेका छन् । जसमध्ये कम्पनीहरुले प्रथम बीमाशुल्क वापत १५ अर्ब ३० करोड रुपैयाँ आर्जन गरेका छन् भने नविकरणीय बीमाशुल्क बापत ३० अर्ब ९९ करोड रकम आर्जन गरेका छन् । बैदेशिक रोजगार बीमाबाट भने कम्पनीहरुले १ अर्ब २२ करोड रुपैयाँ संकलन गरेका छन् ।

पुराना जीवन बीमा कम्पनीहरुमा नेपाल लाईफ इन्स्योरेन्सले सबैभन्दा धेरै १३ अर्ब ९६ करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ । कम्पनीले प्रथम बीमाशुल्क बापत ४ अर्ब संकलन गरेको छ भने नविरकणीय बापत ९ अर्ब ९५ करोड रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । दोस्रोमा लाईफ इन्स्योरेन्स कर्पोरेशन परेको छ । कम्पनीले चालु आवको पुस महिनासम्ममा ७ अर्ब ६९ करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ । तेस्रो स्थानमा राष्ट्रिय बीमा संस्थान परेको छ । संस्थानले ५ अर्ब ८३ करोड रुपैयाँ बीमाशुल्क संकलन गरेको छ ।

नयाँ जीवन बीमा कम्पनीहरुमा युनियन लाईफ इन्स्योरेन्स र रिलायवल इन्स्योरेन्स कम्पनीले अर्ब रुपैयाँभन्दा बढीको बीमा व्यवसाय गरेका छन् । बीमा समितिको तथ्यांक अनुसार चालु आवको दोस्रो त्रैमाससम्ममा युनियन लाईफ इन्स्योरेन्स कम्पनीले २ अर्ब ४१ करोड रुपैयाँ बीमाशुल्क आम्दानी गरेको छ । त्यस्तै, रिलायवल लाईफ इन्स्योरेन्स कम्पनीले १ अर्ब ८ करोड रुपैयाँ बीमाशुल्क संकलन गरेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x