टर्कीको पूर्वी क्षेत्रमा शक्तिशाली भुकम्प, १८ को मृत्यु सयौं घाइते
काठमाडौं, ११ माघ । टर्कीको पूर्वी क्षेत्रमा शक्तिशाली भूकम्प गएको छ। भुकम्पमा परेर १८ जनाको ज्यान गएको छ भने सयौं घाइते भएको अन्तार्राष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् ।
६.८ म्याग्निट्यूड मापन गरिएको भूकम्पका कारण भवनहरू भत्किएका छन्। भूकम्पको धक्का छिमेकी राष्ट्र सिरिया, लेबनन र इरानमा पनि महसुस गरिएको बताइएको छ।
टर्कीमा भूकम्पलाई स्वाभाविक मानिन्छ। सन् १९९९ मा गएको ठूलो भूकम्पमा परेर करिब १७ हजारले ज्यान गुमाएका थिए।