Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

दोस्रो त्रैमासमा एनएमबि लघुवित्तको नाफामा वृद्धि

दोस्रो  त्रैमासमा एनएमबि लघुवित्तको नाफामा वृद्धि

काठमाडौं, ११ माघ । एनएमबि माइक्रोफाइनान्स वित्तीय संस्थाले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ४ करोड ९० लाख रुपैयाँ खुद नाफा कमाएको छ । लघुवित्तले चालु आवको दोस्रो त्रैमासको रिपोर्ट सार्वजनिक गर्दै उक्त मुनाफा आर्जन गरेको जानकारी दिएको हो । कम्पनीले गत अवको यसै अवधिसम्ममा १ करोड ३ लाख रुपैयाँमात्र खुद नाफा कमाएको थियो । यो नाफा गत आवको सोही अवधिको तुलनामा ३ करोड ८७ लाख रुपैयाँले बढेको कम्पनीले प्रेस विज्ञप्तिमार्फत जानकारी दिएको छ ।

त्यस्तै वित्तीय संस्थाले प्रतिसेयर आम्दानी ४६ रुपैयाँ ६० पैसा पुगेको छ । जुन आम्दानी गत आवको यसै अवधिको तुलनामा ३३ रुपैयाँ ८६ पैसाले वृद्धि भएको हो । लघुवित्तको खुद ब्याज आम्दानी र सञ्चालन नाफा बढ्नुका साथै खराब कर्जा उठाउन सफल भएका कारण खुद नाफा बढेको अनुमान गरिएको छ । चालु आवको यस अवधिमा लघुवित्तले १३ करोड ६७ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ भने ४ करोड ८१ लाख रुपैयाँ सञ्चालन नाफा गरेको छ । लघुवित्तले १ अर्ब ३१ करोड रुपैयाँ निक्षेप संकलन र २ अर्ब ४७ करोड रुपैयाँ बराबरको सापटीमार्फत ३ अर्ब ४७ करोड रुपैयाँकर्जा लगानी गरेको छ ।

लघुवित्तको चुक्तापूँजी १६ करोड २० लाख रुपैयाँबाट बढेर २१ करोड ६ लाख रुपैयाँपुगेको छ भने जगेडा कोष ९ करोड ७० लाख रुपैयाँबाट बढेर १७ करोड ५८ लाख रुपैयाँ पुगेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x