Date

बुध, मंसिर १२, २०८१
Wed, November 27, 2024

बीमा कम्पनीका कार्यालयको संख्या २ हजार ४ सय ४६ पुग्यो

बीमा कम्पनीका कार्यालयको संख्या २ हजार ४ सय ४६ पुग्यो

काठमाडौं, १४ माघ । नेपालमा बीमा कम्पनीहरुको शाखा कार्यालय २ हजार ४ सय ४६ पुगेको छ । बीमा समितिको तथ्यांक अनुसार हालसम्म प्रदेश कार्यालय, शाखा कार्यालय, उपशाखा कार्यालय, एक्सटेन्सन काउण्टर र संकलन केन्द्र गरी उक्त संख्यामा कार्यालय विस्तार भएका हुन् ।

तथ्यांकअनुसार प्रदेश नम्बर १ मा ३ सय ९९ वटा कार्यालय विस्तार भएका छन् । जीवन बीमा कम्पनीको २ सय ४९ र निर्जीवन बीमा कम्पनीको १ सय ५० पुगेको छ । प्रदेश नम्बर २ मा ३ सय १४ कार्यालय रहेका छन् । जसमा जीवन बीमाको संख्या २ सय ३ पुगेको छ भने निर्जीवनको १ सय ११ पुगेको छ । बागमति प्रदेशमा ६ सय ९९ पुगेको छ । जसमा ३ सय ९१ जीवन बीमा र ३ सय ८ वटा निर्जीवन बीमाको कार्यालय विस्तार भएका छन् । गण्डकी प्रदेशमा २ सय ६५ कार्यालय विस्तार भएका छन् । जसमध्ये जीवन बीमाको १ सय ४४ र निर्जीवनको १ सय २१ वटा कार्यालय विस्तार भएका छन् ।

प्रदेश नम्बर ५ मा बीमा कम्पनीका कार्यालयको संख्या ३ सय ९९ पुगेको छ । जसमध्ये जीवन बीमाको २ सय ४७ र निर्जीवनको १ सय ५२ वटा कार्यालय संख्या पुगेको छ । कर्णाली प्रदेशमा १ सय २६ र प्रदेश नम्बर सातमा २ सय ४३ रहेको छ । यो प्रदेशमा ८७ जीवन र ३९ वटा निर्जीवन बीमाको कार्यालय विस्तार भएको छ । सुदूरपश्चिम प्रदेशमा भने १ सय ८२ जीवन बीम र ६१ वटा निर्जीवन बीमाको कार्यालय विस्तार भएको छ ।

त्यस्तै बीमा कम्पनीका प्रादेशिक कार्यालय ४२, क्षेत्रीय कार्यालय ४४, शाखा कार्यालय १ हजार ३ सय २९, उपशाखा कार्यालय ८ सय ४७, एक्सटेन्सन काउण्टर १ सय २५ र संकलन केन्द्र ५९ खुलेका छन् ।

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x