Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

धितोपत्र बोर्डले गर्यो एकै पटक चार नियमावली संशोधन

धितोपत्र बोर्डले गर्यो एकै पटक चार नियमावली संशोधन

काठमाडौं, २८ माघ । नेपाल धितोपत्र बोर्डले चार वटा नियमावली एकै पटक संशोधन गरेको छ । बोर्डले सोमबार फागुनदेखि लागू हुने गरी धितोपत्र व्यावसायी नियमावली २०६४, धितोपत्र दर्ता तथा निष्कासन नियमावली २०७३, सामूहिक लगानी कोष नियमावली २०६७ र धितोपत्र व्यावसायी (मर्चेन्ट बैकर) नियमावली २०६४ लाई संशोधन गरेको हो ।

संशोधित व्यवस्था अनुसार सार्वजनिक निष्कासनमा शेयर खुला रहने अधिकतम अवधि ३० दिनबाट घटाएर १५ दिन कायम गरिएको छ । धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कासनमा बुक बिल्डिङ्ग विधिसमेत प्रयोगमा ल्याउने व्यस्था गरिएको छ । नयाँ व्यवस्था अनुसार वाणिज्य बैंकहरुलाई पनि ५१ प्रतिशत स्वामित्व हुने गरी सहायक कम्पनीमार्फत ब्रोकर सेवा प्रदान गर्ने बाटो खुला भएको छ । ब्रोकर संख्या बढाउने व्यवस्था ल्याइरहँदा सेबोनले कम्पनीहरुबीच मर्जर र प्राप्तीको व्यवस्थालाई पनि प्राथमिकतामा राखेको छ ।

धितोपत्र व्यावसायीहरुको न्यूनतम चुक्तापूँजी २० करोड रुपैयाँ हुनुपर्ने व्यवस्था समेत बोर्डले गरेको छ । नियमावली संशोधन सम्बन्धित संस्थाहरुको राय सुझावकै आधारमा गरिएको बोर्डले जनाएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x