Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

‘एसटीएमले मापदण्ड पुर्याएर अनुदान पाएको हो, उपहार लिएको होइन’

‘एसटीएमले मापदण्ड पुर्याएर अनुदान पाएको हो, उपहार लिएको होइन’

काठमाडौं, ५ फागुन । सूचना प्रविधि तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटाले सीजी टेलले एसटीएम टेलिकम सञ्चार प्रा. लि. खरिद गर्नुअघि उक्त कम्पनीले एक करोड १८ लाख अमेरिकी डलर विश्व बैंकको अनुदान उपयोग गरेको र सो अनुदान फिर्ता हुनुपर्ने भनी दिएको अभिव्यक्तिलाई सीजी टेलले आधारहीन बताएको छ । एसटीएम सीजी टेलले खरिद गरेपछि युनिफाइड लाइसेन्सका लागि दिएको आवेदन मन्त्री बाँस्कोटाले अल्झाइरहेका छन् । यतिमात्र होइन उनले कहिले सीजी टेलले लाइसेन्सका लागि २० अर्ब रुपैयाँ तिर्नुपर्ने त कहिले विश्व बैंकको अनुदान फिर्ता गर्नुपर्नेजस्ता सार्वजनिक अभिव्यक्ति दिइरहेका छन् ।

सीजी टेलका अनुसार, यो रकम तत्कालिन एसटिएमले ले पूर्वाञ्चलको ग्रामिण क्षेत्रमा दूरसञ्चार सेवा पु¥याउनका लागि विश्व बैंकबाट पुँजीगत अनुदान प्राप्त गरेको भन्दै सीजी टेलले नियामक दूरसञ्चार प्राधिकरणले एसटीएमलाई दिएको कार्यसम्पन्नताको प्रमाणपत्र समेतलाई आधार बनाएर उक्त कम्पनी खरिद गरेको बताएको छ । सीजी टेलले सन् २०१३ मा एसटिएम खरिद गरेको हो ।

‘हाम्रो अध्ययनअनुसार नेपाल दूरसञ्चार प्राधिकरणले विश्व बैंकको ऋण सहयोगमा सञ्चालित दूरसञ्चार क्षेत्र सुधार परियोजना अन्तर्गत सन् २००३ मा पूर्वाञ्चलका ५३४ गाविसमा टेलिफोन सेवा उपलब्ध गराउन आह्वान गरेको बोलपत्रमा तत्कालीन एसटीएम छानिएको हो,’ सीजी टेलले भनेको छ, ‘विश्व बैंकले विशिष्ट प्रणालीको अधीनमा रही सहयोग प्रदान गर्दछ । त्यसको नियमन र सुपरिवेक्षणमा पनि निश्चित मापदण्ड तय गरेको हुन्छ । यो अनुदान उपहार दिइएको होइन ।’
शर्तअनुसार कार्यप्रगती र मापदण्डहरू पुरा भएपछि विश्व बैंकले पाँच किस्तामा उक्त रकम निकासा गरेको थियो ।

एसटीमले तोकिएको समय र क्षेत्रमा १,४०० पीसीओ स्थापना गरी उत्कृष्ट कार्यसम्पादन गरेको भन्दै दूरसञ्चार प्राधिकरणले सन् २००७ अप्रिल २ मा सम्पन्नताको प्रमाणपत्र जारी गरेको थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x