सिमीको मूल्य बढेपनि अन्य तरकारीजन्य उपभोग्य सामाग्रीको मूल्य घट्यो
काठमाडौं, १७ फागुन । शनिबार घ्यु सिमीको मूल्य ३० रुपैयाँ बढेको छ । कालीमाटी फलफुल तथा तरकारी बजार विकास समितिका अनुसार शुक्रबार प्रति केजी १ सय ५ रुपैयाँमा बिक्री भएको लोकलघ्यु सिमी आज १ सय ३५ रुपैयाँमा विक्री भइरहेको छ । त्यस्तै टाटे सिमी पनि प्रतिकिलो २० रुपैयाँले मूल्य वृद्धी भई ९५ रुपैयाँमा पुगेको छ । मूल्य वृद्धि हुनेमा हरीयो खुर्सानी, लौका र मटरकोसाको मूल्य पनि प्रतिकिलो १० रुपैयाँका वृद्धी भएको छ ।
त्यस्तै कन्य च्याउ शुक्रबारको तुुलनामा प्रतिकिलो २० रुपैयाँले घटेको छ । उक्त च्याउको मूल्य प्रतिकेजी १ सय १५ रुपैयाँ पुगेको छ । समितिका अनुसार स्थानीय काउली, बन्दा, मुला, गाजर, डल्लो फर्सी, हरीयो लाम्चो फर्सी र स्कुस मूल्य प्रतिकिलो १० रुपैयाँका घटेको छ ।