Date

शनि, मंसिर ८, २०८१
Sat, November 23, 2024

सन्राइज बैंकको थप तीनवटा शाखा विस्तार

सन्राइज बैंकको थप तीनवटा शाखा विस्तार

काठमाडौं, ८ माघ । सन्राइज बैंक लिमिटेडले आईतबार आफ्नो तीनवटा नयाँ शाखा बिस्तार गरेको छ । ती शाखाहरुमा पर्साको बिन्दबासिनी, ताप्लेजुङ्गको मौवाखोला र बाकेँको नरैनापुरमा एक समारोहका बीच उद्घाटन गरिएको छ ।
विन्दवासिनी गाउँपालिका अध्यक्ष लाल साह कानु र वरिष्ठ नायब महाप्रबन्धक आशा राणा अधिकारीले विन्दवासिनी शाखा, मौवाखोला गाउँपालिका अध्यक्ष राज कुमार थात्लुङ र बैंकका नायब महाप्रबन्धक रविन कुमार नेपालले मौवाखोला शाखा र नरैनापुर गाउँपालिकाका अध्यक्ष इसितियाक अहमद शाह र नेपाल राष्ट्र बैंक नेपालगञ्जका संचालक गुरु पौडेलले नरैनापुर शाखाको संयुक्त रुपमा एक औपचारिक कार्यक्रमका बीच उद्घाटन गरे।
यो समेत गरी बैंकको शाखा संख्या ७५ वटा पुगेको छ । बैंकको नेपालभर ९१ वटा एटिएम, ३ वटा एक्सटेन्सन काउन्टर तथा विभिन्न स्थानहरुमा २० वटा शाखारहित बैंकिङ्ग सेवा मार्फत ग्राहकहरुलाई बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ । सम्भावित क्षेत्रमा आफ्ना ग्राहकहरुलाई सेवा उपलब्ध गराउने अभिप्रायले चाँडै नै थप शाखाहरु संचालन गर्ने बैंकले जनाएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x