नेको इन्स्योरेन्सको हकप्रद माघ २६ बाट

काठमाडौं, ८ माघ । नेको इन्स्योरेन्सले दुई बराबर एकको अनुपातमा यही माघ २६ गतेलेखि हकप्रद शेयर निष्काशन गर्ने भएको छ । कम्पनीले एक सय रुपैयाँ अंकित दरका ३९ करोड २० लाख रुपैयाँ बराबरको ३९ लाख २० हजार ९२८ कित्ता सेयर बिक्री गर्न लागेको हो । कम्पनीले निष्कासन गरेको हकप्रदमा माघ ८ गतेसम्म कायम सेयरधनीहरुले आगामी चैत्र १ गतेसम्म आवेदन दिन पाउने छन् । कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल रहेको छ । सेयरधनीले एनएमबि क्यापिटल, एनएमबि बैंकका सबै शाखा कार्यालय तथा आस्वा सेवा प्राप्त जुनसुकै बैंक तथा वित्तीय संस्था र तीनका शाखा कार्यालयबाट हकप्रद सेयरका लागि आवेदन गर्न सक्नेछन् । हाल कम्पनीको चुक्ता पूँजी ७८ करोड ४१ लाख ८५ हजार रुपैयाँ छ । हकप्रद निष्कासन तथा बाँडफाँड पश्चात कम्पनीको चुक्ता पूँजी एक अर्ब १७ करोड ६२ लाख ७८ हजार रुपैयाँ पुग्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *