डलरको भाउमा निरन्तर बृद्धि, बुधबार १ सय १८ रुपैयाँ ९० पैसा पुग्यो
काठमाडौं, २८ फागुन । बुधबार सुनको भाउ हालसम्मकै महंगो भएको छ । नेपाल राष्ट्र बैंकले बुधबारका लागि डलरको बिक्री मूल्य १ सय १८ रुपैयाँ ९० पैसा कायम गरेको छ । हिजो १ सय १८ रुपैयाँ ८६ पैसा तोकेको थियो।
डलरको भाउ अघिल्लो सातादेखि निरन्तर बढिरहेको छ ।
कोरोना भाइरसले विश्व अर्थतन्त्र प्रभावित हुन थालेपछि डलरको माग बढ्न गएकाले मूल्य बढेको बताइएको छ।
डलरको मूल्य बढ्दा पर्यटन र रेमिट्यान्स आयमा बृद्धि हुने गर्छ । तर कोरोनाको त्रासले नेपालमा पर्यटक आगन प्रभावित भएको छ ।