पूर्वमन्त्री बाँस्कोटाको घरमा बम विस्फोट

काठमाडौं,२८ फागनु । पूर्वसञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाको घरमा शक्तिशाली बम विस्फोट भएको छ । मध्यपुरथिमि नगरपालिका–१ लोकन्थलीस्थित मनोहरा फाँटस्थित बाँस्कोटाको घरमा बुधवार बिहान प्रेसर कुकर बम विस्फोट भएको हो ।

बम विस्फोटबाट पूर्वमन्त्री बाँस्कोटाको घरको पर्खाल र घरको सिसामा क्षति पुगेको छ । बाँस्कोटाको घरसँगै रहेको कुबेर केसी र कपिल घिमिरेको घरमा पनि सामान्य क्षती पुगेको छ ।

घटना कसले घटायो भन्नेबारेमा घटनास्थलमा अहिले प्रहरी टोलीले अनुसन्धान गरिरहेको छ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *