सिभिल बैंकले गर्यो एलआईसीको सहकार्यमा जीवन बीमाको सुरुवात
काठमाडौं, १० माघ । सिभिल बैंक लिमिटेडले जीवन वीमा सेवाको शुरुवात गर्ने उद्देश्यले लाईफ ईन्स्युरेन्स कर्पोरेसन नेपाल (एलआईसी) संग सम्झौता गरेको छ । उक्त सम्झौतापत्रमा सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ र एलआईसी नेपालका प्रमुख कार्यकारी अभिजित घोष दस्तिदारले हस्ताक्षर गरेका छन् ।
सम्झौता अनुसार बैंकले एलआईसी. नेपालको विविध जीवन वीमा योजनाहरुबाट आफ्ना ग्राहकलाई प्रत्यक्षरुपमा लाभान्वित हुने प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले बताए । साथै बैंकले यस अघि निर्जीवन वीमा सेवा पनि उपलब्ध गराउँदै आइरहेको छ ।