Date

बुध, जेष्ठ १, २०८२
Wed, May 14, 2025

शेयर कारोबार आइतवारबाट बन्द हुने सम्भावना, आइतबार नै निर्णय गर्ने बोर्डको तयारी

शेयर कारोबार आइतवारबाट बन्द हुने सम्भावना, आइतबार नै निर्णय गर्ने बोर्डको तयारी

काठमाडौं, ८ चैत । सरकारले चैत ९ गतेदेखि २१ गतेसम्म अत्यावश्यक सेवा बाहेकका अन्य सेवा बन्द गर्ने घोषणा गरेपछि आइतवारदेखि शेयर कारोबार पनि बन्द हुने सम्भावना बढेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रवार साँझ देशवासीका नाममा सम्बोधन गर्दै चैत ९ गतेबाट २१ गतेसम्म संघ, प्रदेश र स्थानीय तहका सार्वजनिक, सामुदायिक तथा निजी सेवा प्रदायक संस्थाहरूबाट प्रदान गरिने नेपाल राजपत्रमा प्रकाशन गरिए अनुसारका अत्यावश्यक सेवा बाहेकका अन्य सबै सेवाहरु बन्द हुने घोषणा गरेका छन् ।

शेयर कारोबार अत्यावश्यक सेवामा नपर्ने भएकाले बन्द हुने सम्भावना बढेको नेपाल धितोपत्र बोर्डका कामु निर्देशक अनुज रिमालले बताए । उनले भने–‘नेपाल राजपत्रमा १८ वटा अत्यावश्यक सेवामा धितोपत्र बजार संलग्न छैन् । बन्द गर्ने कि अनलाईनबाट नै कारोबार अगाडि बढाउँने भनेर आइतबार बोर्ड सञ्चालक समितिको बैठक बसेर निर्णय गछौं । अहिल्यै यो गर्ने भन्ने निर्णय भएको छैन् ।’

यस अघि बिहीबार पाँच वटा लगानीकर्ता संघहरुले चैत महिना भरी शेयर बजार बन्द गराउन माग गर्दै बोर्डमा ज्ञापनपत्र बुझाएका थिए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *