Date

मङ्ल, मंसिर ११, २०८१
Tue, November 26, 2024

पूर्व अर्थमन्त्रीहरुको विचारमञ्च, कोरोना प्रभावित क्षेत्रमा राहत दिन आग्रह

पूर्व अर्थमन्त्रीहरुको विचारमञ्च, कोरोना प्रभावित क्षेत्रमा राहत दिन आग्रह

काठमाडौं, ८ चैत । पूर्व अर्थमन्त्रीहरु सम्मिलित विचार मञ्च गठन भएको छ । मुलकको आर्थिक विकास र अर्थतन्त्रसंग प्रत्यक्ष जोडिएका सरोकारवालाहरुसंग नियमित बहस चलाई आर्थिक विकासमा सार्थक योगदान पुरयाउने उद्देश्यले मञ्चको गठन भएको सहजकर्ता नेपाल उद्योग वाणिज्य महासंघले जनाएको छ । मञ्चको गठनमा पूर्व अर्थमन्त्रीहरू डा. प्रकाशचन्द्र लोहनी, डा. रामशरण महत, सुरेन्द्र पाण्डे, वर्षमान पुन र ज्ञानेन्द्र बहादुर कार्की उपस्थित थिए ।

यद्यपि डा. वावुराम भट्टराई, विष्णु पौडेल र महेश आचार्य मञ्च गठनमा उपस्थित भएनन् ।
पूर्व अर्थमन्त्रीहरुको विचार मञ्चले अर्थतन्त्र तथा विकासका समग्र पक्षसंग जोडिएका विषयमा सरोकारवालाहरुसंग नियमित छलफल चलाई त्यसको समाधानका लागि सार्थक पहल गर्ने भएको छ । त्यस्तै, कोभिड–१९ बाट उत्पन्न हुन सक्ने स्वास्थ्य एवं आर्थिक पक्षका जोखिमहरुलाई न्यून गर्न सरकारले स्वास्थ्यका क्षेत्रमा जनचेतनामूलक, नियन्त्रणात्मक एवं उपचारात्मक कार्यक्रमलाई जनता समेतलाई साथमा लिई अझ प्रभावकारी ढंगबाट संचालन गर्न सरकारसँग आग्रह गर्ने भएको छ ।

कोभिड–१९ बाट राष्ट्रिय अर्थतन्त्रका विविध पक्षमा पर्न सक्ने प्रतिकुल प्रभावलाई न्यूनिकरण गर्न र बढी प्रभावित अर्थतन्त्रका क्षेत्रहरुका लागि राहत प्याकेज तत्काल ल्याउन सरकारलाई उनीहरुको आग्रह छ । मञ्चमार्फत् कोभिड–१९ बाट उत्पन्न विपत्तिको अवस्थामा आम नेपाली तथा व्यवसायिक क्षेत्रका सवै सरोकारवालाहरुलाई अधिकतम सचेतना अपनाउन आग्रह गरिएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x