Date

बुध, मंसिर १२, २०८१
Wed, November 27, 2024

सेयर बजार आइतबारसम्म बन्द

सेयर बजार आइतबारसम्म बन्द

काठमाडौं, १० चैत । नेपाल धितोपत्र बोर्डको सञ्चालक समितिको बैठकले सोमबारदेखि आगामी साता आइतबारसम्म सेयर कारोबार बन्द गर्ने निर्णय गरेको छ । निर्णय अनुसार १६ गतेसम्म नेपाल स्टक एक्स्चेन्ज (नेप्से) बन्द रहनेछ । हाल देशमा कोरोना भाईरसको त्रासबाट सिर्जित विषम परिस्थिति र नेप्सेको समेत परामर्शका आधारमा कारोबार बन्द गरेको हो ।
२०७२ को महाविनाशकारी भूकम्पयता नेप्सेमा करसम्बन्धि विवादले २०७५ जेठ २३ मा एक दिन कारोबार बन्द भएको थियो । बजार खुले पनि लगानीकर्ताले कारोबार नगर्दा कारोबार हुन सकेको थिएन । सेयर बजार विरलै बन्द हुने भएपनि हाल विश्वव्यापी महामारीको रुपमा फैलिरहेको नोभल कोरोनाको प्रकोपको विषम परिस्थितिका कारण केही दिन कारोबार बन्द गर्नुपरेको नेप्सेका प्रवक्ता निरज गिरीले बताए ।
‘लगानीकर्ताहरुको हकहित प्रवद्र्धनका लागि धितोपत्र बजारमा भैसकेका कारोबारको नियमानुसार राफसाफ तथा फछ्र्यौट गर्ने÷गराउने गरी धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा ९० को उपदफा १ को खण्ड(घ) बमोजिम बोर्डको विशेषाधिकार प्रयोग गरी १० गते देखि पाँच (५) कारोबार दिनका लागि धितोपत्र बजार बन्द गर्न नेप्सेलाई निर्देशन दिइएको छ,’ उनले भने ।
‘नेपाल सरकारबाट हाल भैरहेका प्रयासहरु, बजार सम्बद्ध पक्षहरुको हालको परिस्थिति सम्बन्धमा दिइएको ज्ञापनपत्रहरु तथा सोमा व्यक्त बजार प्रतिको चासोलाई दृष्टिगत गरी लगानीकर्ताको हित प्रवद्र्धनमा यो निर्णय लिइएको हो ।’
धितोपत्र बोर्ड सेयर बजारको नियामक निकाय हो ।
बोर्डले सेयरबजारका सरोकारवालासँग छलफल गर्दा उनीहरुले कोरोना भाईरसको जोखिमको त्रासले गर्दा लगानीकर्ता तथा सदस्य दलालको धितोपत्र कारोबारमा सहभागिता घटदो क्रममा रहेको पाइएको थियो । कोरोना भाईरसको जोखिमलाई न्यूनीकरण गरी लगानीकर्ता, सदस्य दलाल, कर्मचारी आदिको स्वास्थ्यलाई उच्च प्राथमिकता दिई दोस्रो बजारमा हुने नयाँ कारोबार केही समयका लागि बन्द गर्न आवश्यक देखिएको निष्कर्षका आधारमा बोर्डले यो निर्णय लिएको हो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x