चीनबाट ल्याइयो स्वास्थ्य सामग्री

काठमाडौं, १६ चैत । नेपाल एयरलाइन्सको जहाजले ग्वान्जाओबाट १२ प्रकारका अत्यावश्यक स्वास्थ्य उपकरण र सामग्री ल्याएको छ । कोभिड–१९ जाँच्ने किट्स मात्रै एक लाख थान आइपुगेको छ भने गाउन, चस्मा, थर्मोमिटरलगायत गरी जम्मा १५ टन सामान छन् ।
साना ठूला गरी ११ सय २९ वटा बाकसमा सामान ल्याइएको छ । ज्याकमा फाउण्डेसन र अलिबाबा फाउण्डेसनले सहयोग दिएका सामान समेत नेपाल आइपुगेको नेपालका लागि चिनियाँ राजदूत हाउ यान्छिले ट्वीटरमा उल्लेख गरेकी छिन् । यद्यपि चीनको एक कम्पनीले बेइजिङस्थित नेपाली कार्यबहाक राजदूत सुशील लम्सालमार्फत् सहयोग स्वरुप दिएको स्वास्थ्य उपकरणको कार्गो भने तिब्बत सरकारले उतै रोकिदिएको छ ।
युरोपबाट समेत परिक्षण किटले काम नगरेको गुनासो सहित सामान फिर्ता भएपछि त्यी सामान चीन सरकारको आग्रहमा तिब्बतले रोकिेको बताइएको छ ।
नेपाल ल्याइएका सामग्री यसप्रकार छन्:
– कोभिड १९ जाँच्ने -यापिड डायग्नोस्टिक किट- एक लाख थान
– गगल्स प्रोटेक्टिभ्स – १० हजार थान
– भीटीएम ९प्याकिङ सामग्रीसहित – पाँच हजार थान
– विभिन्न प्रकारका पीसीआर रिएजेन्ट -१० हजार थान
– पोर्टेबल पीसीआर रिएजेन्ट किट्स (कोम्बो) – २० हजार थान
– पोर्टेबल पीसीआर मेसिन – पाँच थान
– थर्मोमिटर, इन्फ्या-ड, नो कन्ट्याक्ट ह्यान्डल्ड – १५०० थान
– सुज कर डिस्पोजेबल – २० हजार थान
– रेस्पिरेटर, मास्क, एफएफपीटु एन ९५ इत्यादि – ३० हजार थान
– ग्लोब एक्जामिनेसन – एक लाख थान
– गाउन, एएएमआई लेभल थ्री – २० हजार थान
– क्लोरिन एनएडीसीसी एक केजी पट – चार हजार थान