Date

बिहि, बैशाख १३, २०८१
Thu, April 25, 2024

लकडाउनपछिको उद्धार : ९१५ यूरोपेली पर्यटकले छाडे नेपाल

लकडाउनपछिको उद्धार : ९१५ यूरोपेली पर्यटकले छाडे नेपाल

काठमाडौं १६, चैत । लकडाउनपछि नेपालका विभिन्न ठाउँमा रोकिएका यूरोपका ९१५ जना आआफ्ना देश फर्किएका छन्् । शुक्रवार र शनिवार गरी उक्त संख्याका पर्यटकले नेपाल छाडेका हुन् ।
स्वदेश फर्किने पर्यटकको संख्या शुक्रवार ३०७ र शनिवार ६०८ थियो । जर्मन र फ्रेन्च दूतावासले विमान चार्टर्ड गरी उनीहरूको उद्धार गरी स्वदेश लगेका हुन् ।

शनिवार बिहान पौने १२ बजे र पौने १ बजे कतार एयरवेजका दुईओटा विमान यूरोपका ६०८ जना पर्यटक लिएर उडान उडेको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल कार्यालयले बताएको छ । स्वदेश फर्किनेमा स्वीडेन, फ्रान्स र जर्मनीका नागरिक रहेका छन् ।
अधिकांश यूरोपेली नागरिक केही समयअघि पदयात्राका लागि नेपाल आएका थिए । सो क्रममा लकडाउन हुँदा कतिपय पर्यटक पदयात्राकै क्रममा अलपत्र परेका थिए भने केही विभिन्न होटलमा बसेका थिए ।
बिहीवार लुक्लाबाट उद्धार गरी ल्याइएका, पोखरामा रोकिएका र काठमाडौंका विभिन्न स्थानमा रहेका ३०७ यूरोपेली नागरिक कतार एयरवेजको विमानबाट शुक्रवार स्वदेश फर्किएका थिए । त्रिभुवन विमानस्थलका महाप्रबन्धक देवेन्द्र केसीका अनुसार फ्रेन्च र जर्मन दूतावासको सक्रियतामा यूरोपेली नागरिक स्वदेश फर्किएका हुन् ।
यसैगरी लकडाउनपछि अलपत्र ७५ जना पर्यटकलाई शनिवार उद्धार गरी काठमाडौं ल्याइएको छ । यती एयरलाइन्स र तारा एयरले पोखराबाट २२ जना र लुक्लाबाट ५३ जना पर्यटकलाई शनिवार काठमाडौं ल्याएका हुन् । यसरी ल्याइएकामा पोखराबाट २२ जना र लुक्लाबाट ३९ जना गरी ६१ जना जर्मन तथा यूरोपेली नागरिक छन् । यस्तै लुक्लाबाटै १४ जना अस्ट्रेलियन पर्यटक रहेको बताइएको छ । पर्यटक उद्धारका लागि यती एयरलाइन्सको ७२ सीट क्षमताको एटीआरबाट पोखरा र तारा एयरको १८ सीट क्षमताको ट्वीनअटर विमान लुक्ला पठाइएको थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x