Date

शुक्र, कार्तिक ९, २०८१
Fri, October 25, 2024

घट्यो तरकारीको आयात, बजार कम समय खुल्दा उपभोक्ता मर्कामा

घट्यो तरकारीको आयात, बजार कम समय खुल्दा उपभोक्ता मर्कामा

काठमाडौं, १६ चैत । सरकारले घोषणा गरेको लकडाउनको प्रभाव तरकारी तथा फलफूलको आपूर्ति व्यवस्थामा पनि परेको छ । लकडाउन शुरू भएसँगै राजधानीको कालीमाटी फलफूल तथा तरकारी बजारमा तरकारीको आयात तथा विक्री दुुवै घटेको छ । सामान्य अवस्थामा दैनिक ८ सयदेखि ९ सय टनसम्म तरकारी आयात हुने गरेको गरेकोमा लकडाउनपछिका दिनमा करीब आधा घटेको पाइएको छ । शुक्रवार ६९० र शनिवार ५२७ टन र आइतवार बिहानसम्म १८० टन तरकारी आपूर्ति भएको बजार विकास समितिका सूचना अधिकृत विनय श्रेष्ठले जानकारी दिए ।
उपत्यका भित्रने तरकारीका छिमेकी जिल्लाहरु धादिङ, मकवानपुर, काभ्रे लगायतका साथै भारतबाट समेत केही मात्रामा रहेकोे उनले बताए । भारतमा लकडाउन कायम रहे पनि न्यून परिमाणमा तरकारी तथा फलफूूल भने भित्रिरहेको उनको भनाइ छ ।
कालीमाटीसहित काठमाडौंका अन्य ठूला तरकारी बजारमा तरकारी आपूर्ति र विक्री घटेको सम्बद्ध व्यापारीहरुको भनाइ छ । बल्खु तरकारी बजारमा अहिले विक्री वितरण ठप्पप्रायः रहेको छ । यहाँ काठमाडौं बाहिरबाट तरकारी आउन सकेको छैन भने बिहानको समयमा एक–डेढ घण्टा मात्र बजार खुल्ने गरेको बजार विकास समितिका प्रबन्ध निर्देशक नेल्सन श्रेष्ठले जानकारी दिए । बजार केही समय बढी चलाउन खोजे पनि प्रशासनले बन्द गराउने गरेको उनको भनाइ छ ।
यस्तै उपभोक्ताको गुनासोपछि बजार खुल्ने समय बढाउने बारे आज स्थानीय प्रशासन तथा सरोकारवालाबीच छलफल गर्न लागिएको कालीमाटी तरकारी बजार विकास समितिका अध्यक्ष गीताप्रसाद आचार्यले बताए । तर यससँगै सुरक्षा चुनौती पनि रहेको उनको भनाइ छ । ‘चौबीसै घण्टा बजार खोल्न पनि समस्या होइन,’ उनले भने, ‘तर महामारीको रूपमा फैलँदै गएको कोरोनाको त्रास छ, मानिसको धेरै भीडभाड हुँदा जोखिम धेरै बढ्न सक्छ । त्यसैले छलफलमा उपभोक्ताको माग र समस्यालाई पनि दृष्टिगत गर्दै अब कसरी आपूर्ति सहज बनाउने भन्ने निर्णय गर्नेछौं ।’ यसमा वितरण व्यवस्थालाई कसरी सुरक्षित बनाउने भन्ने विषय महत्वपूर्ण भएको उनले बताए ।
बजारमा उपभोक्ताले तरकारी किन्नै सास्ती भएको गुनासो गरेका छन् । आइतवार बिहान ६ः२० बजे तरकारी किन्न कालीमाटी पुगेको कुलेश्वरकी रश्मिला वज्राचार्य त्यतिबेला निराश भइन्, जब प्रहरीेले बजार बन्द भइसकेको भन्दै गेटबाटै फकाइदिए । ‘हिजो यही समयमा आउँदा किनेमल गरेको थिएँ, आज त रित्तै घर फर्किनु पर्यो,’ उनले भनिन् । आपूmहरूले प्रशासनको सही सूचना पाउन नसकेको भन्दै उनले बजार खोल्ने समय बढाउनुपर्ने बताइन् ।
कालीमाटी तरकारी बजार अहिले बिहान २–३ देखि ६–७ बजेसम्म खोल्ने गरिएको सूचना अधिकृत श्रेष्ठले बताए । तर बजारको मुख्य प्रवेशद्वारमा खटिएका प्रहरीले भने बिहान २ देखि ५ बजेसम्म मात्र खुला रहेको भन्दै धेरै सर्वसाधारणलाई फर्काइदिएको थिए ।
बजारमा तरकारीको आयात घटेसँगै मूल्यवृद्धि समेत भएको छ । तर समितिका सूचना अधिकृत श्रेष्ठले भने अहिले तरकारीको मूल्य स्वाभाविक नै रहेको बताए । ‘सामान्य दिनहरुमा कुनै तरकारीको मूल्य घटबढ हुने गथ्र्यो,’ उनले भने, ‘आपूर्ति घट्दा मूल्यमा केही वृद्धि हुनु स्वाभाविक हो । तर मूल्यमा ठूलो अन्तर छैन ।’ उनले यस्तो दाबी गरे पनि उपभोक्ताले भने सामान्य दिनको तुलनामा अहिले तरकारीको मूल्य दोब्बर भन्दा बढी रहेको गुनासो गरेका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x